मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तालिम केन्द्र छेउमा मृत भेटिए प्रहरी जवान

नेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्।

उनका छिमेकी समेत रहेका राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मिनकुमार चौधरीले शुक्रबार राति तालिम केन्द्र नजिकै झुन्डिएको अवस्थामा भेटिएको र शनिबार घरमा ल्याएर आइतबार दाहसंस्कार गरिएको बताए ।

उनका अनुसार सामान्य परिवारमा रहेका श्याम तीन भाईमध्ये माइलो हुन् बुवाआमा र दाजुभाई गाउँमै मजदुरी गर्दछन् । गाउँलेका अनुसार श्यामको पहिले कोहलपुरको एक युवतीसँग प्रेम सम्बन्ध थियो पछि उनलाई जानकारी नै नदिई अर्को युवतीसँग पनि प्रेम सम्बन्ध राखेका कारण दुवै पक्षबाट तनावमा थिए । यो विषय स्थानीयबाट आफूले पनि सुनेको वडाध्यक्ष मिनकुमार चौधरीले जनाए ।

शुक्रबार ड्युटीमा रहेका उनी कार्यरत प्रदेश प्रहरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।

शुक्रवार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिवार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कति वेला आत्महत्या गरे भन्ने यकिन भएन तर ड्युटि सकिएपछि बिहान पख तन्नाको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित