लुम्बिनी र कर्णालीमा भारी वर्षा, सबैभन्दा धेरै पूर्वी नवलपरासीमा गुल्मीमा पहिरोले प्रमुख ३ सडक अवरुद्ध, आवतजावत ठप्प ‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै अर्घाखाँचीका तरकारी कृषकले जम्मा गरे १ लाख नियमित लयमा फर्कियो रुपन्देही अरब र बंगालको खाडीबाट भित्रियो जलवाष्पयुक्त वायु, यी ठाउँमा हुनेछ भारीदे‍खि धेरै भारी वर्षा भाटभटेनीमा आइक्रिम चोरी गर्ने शिक्षकलाई कालिका माविले गर्यो निष्काशन नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ संसदको बलि चढाएर प्रधानमन्त्री बन्दै सुशिला , नौ बजे शपथ रुपन्देहीमा पुनः निषेधाज्ञा र कर्फ्यु आदेश जारी भैरहवा भन्सार आंशिक सञ्चालनमा                
समाचार :

नियमित लयमा फर्कियो रुपन्देही

बुटवल । जेनजी आन्दोलनका कारण सुस्ताएको रुपन्देहीमा चहलपहल सुरु भएको छ । जिल्लामा निषेधाज्ञा, कफ्र्यु हटाइएपछि आईतबार देखि रुपन्देहीमा चहलपहल सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लामा अहिले शान्ती सुरक्षा कायम भइसकेको र कुनै पनि निषेधाज्ञा नरहेको बताए ।

मुख्य बजार मात्र होईन, भित्रि गाउँका बजारहरुमा पनि चहल पहल बढेको छ । सार्वजनिक सवारीका साधन निर्वाध चलिरहेका छन् ।

स्कुल, व्यापारिक प्रतिष्ठानहरु, सरकारी कार्यालयमा पनि नियमित खुल्ला भइरहेका छन् ।
जेनजीको आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनहरु कतिपय सूचारु हुने क्रममा छन भने कतिपय सूचारु भइसकेका छन् । भन्सार कार्यालय सुरु भएको छ । यातायात व्यवस्था कार्यालय (सवारी) सहितका धेरै सरकारी कार्यालयमा काम सुरु भएको छ ।

जिल्ला अदालतबाट पनि काम सुरु भइसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित