कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

राजधानी गएसंगै दाङमा सामान्य कोठालाई २२ सय बढि मूल्य लिन नपाउँने

डेरा सारे जसरी बुटवलबाट लुम्बिनी प्रदेशको दाङमा सामान लगेपछि हालै दाङको राप्ती गाउँपालिको भाडामा दिने कोठाको मुल्य तोकेको छ । स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय, प्रदेशका मन्त्रालयहरु र प्रदेश सभा भवन समेत बनिसकेको अवस्थामा गाउँपालिकाले त्यहाँ बस्न जानेहरुका लागि न्यूनत्तम २२ सय रुपैयाँ कोठा भाडा लिने पाउने गरी राप्ती गाउँपालिकाले भाडामा दिने कोठाको मूल्य तोकेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कार्यपालिका बैठक मार्फत कोठा भाडा निर्धारण गरिएको बताए ।
‘अब यहाँ कर्मचारीहरु, प्रदेश सभाका सदस्यहरुले कोठा भाडामा लिएर बस्नुपर्ने भएकाले सहुलियत दरमा कोठाको भाडादर तोकेका छौ । यसले कर्मचारीहरुलाई सहज र प्रदेश सभा सदस्यहरुका लागि समेत सहज हुनेछ’ उनले भने ।
उनका अनुसार अटेचसहितको राम्रो कोठा भाडामा कर बाहेक मासिक ३ हजार, मध्यमलाई २ हजार ८ सय र सामान्य कोठालाई २ हजार २ सय मूल्य घरबेटीले लिन पाउनेछन् । त्यो भन्दा बढी मूल्यमा कोठा भाडामा नलगाउन उनले सवै गाउँपालिकाबासीलाई अपिल समेत गरे ।
यता स्थायी राजधानीमा सामानहरु ल्याउन थालेसंगै देउखुरी क्षेत्रमा सरसफाई कार्यलाई तिब्र पारिएको छ । प्रमुख राजमार्ग, सहायक राजमार्गहरुको दायाँबायाँ दुबै तर्फ सरसफाइ तथा सौन्दर्यकरण गर्न सबै राजनीतिक दल, भातृ संगठन, सामाजिक संघसंस्था तथा आम राजधानीबासीलाई अपिल गरिएको छ ।

‘राजधानीमा आउने पाहुनाको स्वागत सत्कारका लागि मित्रवत व्यवहार अपरिहार्य छ’– अध्यक्ष बिष्टले भने ‘उद्योगी, व्यवसायी, होटल व्यवसायीलगायत आमसर्वसाधारण यस महान अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।’ राजधानी क्षेत्र परिसरभित्र मुख्यमन्त्री कुलप्रसाद केसीले व्यवस्थापनको नेतृत्व सम्हालेका छन । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा केसीले घाँस काटेर सरसफाइ अभियानको शुरुवात गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित