
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार आज बेलुका ९ बजे पौडेलले कार्कीलाई प्रधानमन्त्री पदको सपथ खुवाउने तयारी भइसकेको छ।
कार्कीले संसद विघटनको माग गरेको तर राष्ट्रपति पौडेल राजी नभएपछि शुक्रवार विहान सपथ खुवाउने तयारी अगाडि बढ्न सकेको थिएन। बेलुका प्रमुख दलहरुसँगको सल्लाहपछि राष्ट्रपति संसद समेत विघटन गर्न राजी भएपछि कार्की प्रधानमन्त्री बन्न राजी भएको स्रोतको दाबी छ।