लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय समितिको बैठकले रुपन्देही– ३ को उपचुनावका आकांक्षीहरूमध्ये आन्तरिक प्रारम्भिक चुनावबाट छनोट गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले नयाँ अभ्यास गर्ने निर्णय गरेको हो ।

रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिश भएका आकांक्षी उमेदवारहरूमध्येबाट प्रजातान्त्रिक ढंगबाट उमेदवार छनोट गर्न लागिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गरी उच्चतम मत प्राप्त गर्ने आकांक्षी उमेदवारलाई उक्त उपचुनावको उमेदवार छनोट गरिनेछ । उनका अनुसार आन्तरिक प्रारम्भिक चुनाव चाँडै गरिने त्यसको व्यवस्था रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्नेछ ।

आन्तरिक प्रारम्भिक चुनावका मतदाताहरू रुपन्देही– ३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही– ३ अन्तर्गतका प्रदेशसभाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू रहनेछन् । त्यसैगरी, रुपन्देही– ३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही– ३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पनि मतदान गर्नेछन् । त्यसैगरी, रुपन्देही– ३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही– ३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू र १७भदौसम्म कायम रहेका रुपन्देही– ३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरूले पनि मतदान गर्नेछन् । त्यसैगरी, १७ भदौसम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही– ३ अन्तर्गतका सक्रिय सदस्यहरू पनि आकांक्षीहरूलाई मतदनन गर्नेछन् । ती मतदाताबाट छनोट भएकोले उम्मेदवार हुनेछन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आन्तरिक प्रारम्भिक चुनावबाट रुपन्देही– ३ का लागि उम्मेदवार चयन गरेको थियो ।

उम्मेदवारीका लागि राप्रपाका चार जना आकांक्षी रहेका छन् । गौरव बोहरा, प्रज्वल बोहरा, स्वाती थापा र वसन्त विक्रम शाही उम्मेदवारका आकांक्षी रहेका छन् । राप्रपाका नेता दीपक बोहराका निधनपछि उक्त क्षेत्र रिक्त रहेको हो । उपचुनावमा दीपक बोहराका छोराहरू गौरव र प्रज्वलले दाबी गरेका छन् भने नातिनी स्वाती थापाले पनि अन्तिमसम्म दाबी गरेका छन् । परिवारकै तीन जनाले दाबी गरेपछि राप्रपाले उम्मेदवार टुं गो लगाउन सकेको थिएन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित