दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने

राप्रपा नेपालबाट रूपन्देही –३ को उपनिर्वाचनका लागि अर्जुन थापा उम्मेदवार सिफारिस भएका छन्।

रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवारको रूपमा अघि सारेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार जिल्ला कार्य समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी विकास क्षेत्र समन्वय समितिले अर्जुन थापा ‘कालु’लाई उम्मेदवारको रूपमा केन्द्रमा आज एकल सिफारिस गरेको हो ।

पार्टी महामन्त्री बर्तौलाले क्षेत्रीय समन्वय समितिको सिफारिस केन्द्रमा आएको जानकारी दिँदै केही दिनभित्रै उम्मेदवारीबारे केन्द्रले निर्णय गर्ने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित