निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह

बुटवल । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् ।

बिगत ४ बर्षदेखि चितवनको भरतपुरस्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको बताएकी छन् ।

क्यान्सरका कारण थलिएर असक्त अवस्थामा घरमा प्राःय बिस्तारामा सुतिरहने अवस्थामा पुगेकी उनलाई खान पिउन समेत समस्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।

धेरै बर्षअघि टाउकोको पछाडी बाँयापट्टी घाँटीमा पलाएको सानो ट्यूमरले शुरुमा केही दुःख नदिएको तर पछि बढ्दै गएर निकै ठुलो भएको र दुःख्न थालेपछि उपचारका लागि बिभिन्न अस्पतालहरु पुगेको उनले बताईन् ।

ट्यूमरका कारण गम्भिर बिरामी भै बोल्न समेत कठिनाई हुँदै गएको र आवाज समेत बन्द हुन थालेको भन्दै संचारकर्मी समक्ष सहयोगको अपिल गरेकी छन् । सबै मिडिया र सामाजिक संजालमार्फत प्रचार प्रसार गरि सहयोग जुटाईदिन र जिवन बचाईदिन उनले आग्रह गरेकी छन् ।

दैनिक ज्यालादारी काम गर्दै आएका श्रीमान, दुई छोरा र दुई छोरीसहित परिवारको गुजारा चलाउदै आएकी ५२ बर्षिया शान्ति दर्जीले उपचारको क्रममा २८ लाख खर्च भैसकेको बताईन् । महिनामा २ पटकसम्म लगातार ३ बर्ष किमो चढाएको उल्लेख गर्दै उनका श्रीमान भिमबहादुर दर्जीले उपचारमा सबै सम्पत्ती सकिएको र चिकित्सकहरुका अनुसार अझै ५ देखी ६ लाखसम्म लाग्ने बताए ।

किमो चढाउदा प्रत्येक पटक ५० हजारसम्म खर्चहुने गरेको बताउदै उनले श्रीमतीको उपचारका क्रममा जिवनभर दुःख गरेर जोडेको २ कठ्ठा १७ जग्गासमेत गुमाउनु परेको बताए ।

हुनत बुटवल १२ वडा कार्यालय, उपमहानगरपालिका, प्रदेश सरकार लगाएतका बिभिन्न निकाय र तहमा सहयोगको लागि धाँउदा केहि रकम उपलब्ध नभएको हैन तर आफ्नै आर्थिक अवस्था कमजोर भएका कारण धाँउन समेत कठिनाई भएको दर्जी बताउछन् ।

सबै सरकारी तथा गैरसरकारी निकाय र आम जनसमुदाय समक्ष सहयोगको अपिल गर्दै राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखामा खाता खोलेको उनले जानकारी गराए । उनका अनुसार क्यान्सर पीडित श्रीमती शान्ति दर्जीको नाममा खाता नम्बर ३१२०१००२०८४८७०१० खाता रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित