तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले भूमिहिन दलीत, सुकुम्बासी तथा अव्यवस्थित घर–परिवारलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रियालाई तिब्रता दिएको छ । यसैबीच गाउँपालिकाले वडा नम्बर १ देखि अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ ।

लामो समयदेखि जोतभोग गर्दै आएका जग्गाको पूर्जा वितरणको प्रक्रिया अन्तरगत निस्सा वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले यसअघि नै भूमिहिन दलित तथा सुकुम्बासीहरुलाई निस्सा वितरण गर्ने काम सम्पन्न गरिसकेको छ । यसैगरी छुटफुट भएका घर परिवारहरुलाई आवश्यक काजजातसहित निवेदन दर्ताका लागि ३५ दिने सूचना निकालेर संकलन गर्ने काम भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका उल्लेख गरिएको विवरण अनुसार १ हजार ४ सय घर परिवारले भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको रुपमा निवेदन दर्ता गराएको छन् । नेपाल सरकारको नियम अनुसार प्रक्रियामा आएका निवेदनलाई सम्बोधन गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । नेपाल भित्र परिवारका कुनै पनि सदस्यका नाममा जग्गा जमिन, नगद तथा जग्गा बाहेक अचल सम्पत्ति भए पनि सो प्रकृयामा सामाबेश नहुने उनले स्पष्ट पारे ।

तिनाउ गाउँपालिका उपाध्यक्ष लालाबहादुर थापाले नेपाल सरकारको कानुन भन्दा फरक मापदण्ड जान नसकिने बताउँदै आवश्यक कागजातहरु निवेदनमा पेस गर्न आग्रह गरे । पालिकामा निस्सा वितरण एउटा खुट्किलो मात्र भएको बताउँदै उनले बाँकी प्रक्रियामा आवश्यक कागजात पेश गर्ने लाई पूर्जा वितरण गर्न सकिने बताए । सरकारले बनाएको मापदण्ड सबैले अनुसरण गर्न समेत उनले सुझाए ।

तिनाउ गाउँपालिकामा हालसम्म २८ जना भूमिहिन दलीत रहेका छन् भने भूमिहिन सुकुम्बासीको संख्या १७६ र अव्यवस्थित बसोबासीको सङ्ख्या १ हजार ४ सय रहेको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । सारुले प्रशासनिक कामहरुमा समस्या भएमा पालिका तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित