दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय

जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ।

‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले भने, ‘त्यहीअनुसार उम्मेदवार बनाउने पार्टीको निर्णय छ।’

चौधरी साउन १८ गते जनमतमा प्रवेश गरेका थिए। त्यसअघि उनी नागरिक उन्मुक्ति पार्टीमा थिए।

२०७९ को प्रतिनिधि सभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार थिए।

उनी नेकपा (एमाले) का उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए भने त्यसबेला चौथो धेरै मत प्राप्त गरेका थिए।

उनी थरूहट तथा थारूवान आन्दोलनसँग पनि जोडिएका थिए। उनी थारू कल्याणकारी सभाका अध्यक्ष पनि थिए।

रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित