सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय

जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ।

‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले भने, ‘त्यहीअनुसार उम्मेदवार बनाउने पार्टीको निर्णय छ।’

चौधरी साउन १८ गते जनमतमा प्रवेश गरेका थिए। त्यसअघि उनी नागरिक उन्मुक्ति पार्टीमा थिए।

२०७९ को प्रतिनिधि सभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार थिए।

उनी नेकपा (एमाले) का उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए भने त्यसबेला चौथो धेरै मत प्राप्त गरेका थिए।

उनी थरूहट तथा थारूवान आन्दोलनसँग पनि जोडिएका थिए। उनी थारू कल्याणकारी सभाका अध्यक्ष पनि थिए।

रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित