मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही-३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाले एउटा श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण सार्वजनिक गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले रुपन्देही जिल्ला अदालतको २०७९ माघ गतेको आदेशसमेत सार्वजनिक गरेका हुन्

उनले दुईवटा विवाहका सम्बन्धमा स्पष्ट पार्दै एकजनासँग सम्बन्ध विच्छेद भएपछि अर्कोसँग विवाह गरेको उल्लेख गरेका छन् ।

उनी उम्मेदवार भएलगत्तै थापाले बहुविवाह गरेको विवरण सञ्चार माध्यममार्फत् सार्वजनिक भएका थिए ।

तर, सम्बन्धविच्छेदपछि पनि बच्चाका लागि पूर्वपत्नीसँग आफ्नो सम्बन्ध सुमधुर रहेको स्वीकार गरेका छन् । तर, दुइटामध्ये कुन श्रीमतीसँग सम्बन्ध विच्छेद भएको हो भन्नेबारे उनले केही खुलाएका छैनन् ।

 

null

‘एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन । दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन् । तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने  मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले लेखेका छन्, ‘सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिन यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन । सम्बन्धविच्छेद भन्नेवित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो ?’

थापाले आफू जस्तोसुकै त्यागका लागि तयार भएको बताएका छन् । ‘रुपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ । नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको उमेदवार छनोट विधिअन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उमेदवार घोषित भएको तथ्य अवगत नै छ । तथापि मेरो पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु,’ नले लेखेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका ४९ वर्षीय डा. थापा वरिष्ठ न्यूरोलोजिस्ट हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित