लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रूपन्देही-३ उपनिर्वाचनः एकीकृत समाजवादीबाट उम्मेदवारका लागि सातजना सिफारिस

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले सातजनाको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला कमिटी, रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम भुसाल सहित सात जनाको नाम सिफारिस गरेको हो ।

उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरुमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही एकका सहईन्चार्ज विजयलक्ष्मी राय छन् ।

समाजवादीले उम्मेदवार छनोट गर्न यसअघि नै कार्यदल बनाएको छ । लुम्बिनी प्रदेश ईन्चार्ज तथा केन्द्रीय कमिटी उपमहासचिव मेटमणि चौधरी, प्रदेशका सहईन्चार्ज तथा केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला ईन्चार्ज नन्दलाल बन्जाडे, जिल्ला अध्यक्ष हिराध्वज शाह सदस्य रहेको कार्यदल छ ।

जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको उक्त कार्यदलले एक महिलासहित ३ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने छ । कार्यदलले सातैजनासँंग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीनजनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित