रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

भदौ २५ गतेदेखि बुटवलमा फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने

बुटवलमा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला २०८२’ हुने भएको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा यही भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा सो मेला संचालन हुने भएको हो ।

आइतबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको तयारी तीव्र रुपमा भइरहेको जनाकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै रोटर्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष इपल भण्डारीले मेलामा फिस टनेल र दुबई सिटी मुख्य आकर्षकको रुपमा रहने बताए ।

साथै मेलामा विष्णुमतिको मन्दिरको दर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम, टिकटक प्रतियोगिता, नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत हुने बताए । क्लब स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको बताउँदै अध्यक्ष भण्डारीले सामाजिक कार्य गर्नका लागि नै मेलाको आयोजना गरिएको बताए । अहिलेसम्म २०० स्टल बुक भइसकेको र केही स्टल थप गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले बताए ।

मेलाको अवलोकलनका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको सचिव शंकर काफ्ले बताए । साथै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ४० रुपियाँ एवं ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र असक्त तथा अपाङ्गहरुलाई प्रवेश शुल्क नलाग्ने बताए ।

मेलामा स्थानीय तथा राष्टिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने बताए । प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको सहआयोजकमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ र संरक्षकमा बुटवल उपमहानगरपालिका रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित