रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

रास्वपाले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपाले आइतबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै कार्यवहाक सभापति डीपी अर्यालले प्राइमरीबाट डा. थापा छानिएको बताए ।

रास्वपाले प्राइमरीबाट डा. थापा उम्मेदवार छनोट गरेको हो । जसमा निर्वाचन क्षेत्रका स्थानीय तह, जिल्ला र केन्द्रका नेताहरुले मत हालेका थिए । प्राइमरीमा जनामा ९ जना सहभागी भएका थिए ।

उपनिर्वाचनका लागि थापासहित पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पुनमकुमारी अग्रवाल, सुलभ खरेल, कुसुम महर्जन र रचना क्षेत्री आकांक्षी थिए ।

कार्यवहाक अध्यक्ष अर्यालले दक्षिण एशियामै पहिलो पटक अभ्यास भएको दावी गरे । राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको रुपन्देही ३ मा आगामी कातिक १७ गते उपनिर्वाचन हुँदैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित