सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

मर्चवारको समृद्धिको जिम्मा एमालेले लिन्छ : अर्थमन्त्री पौडेल

र्चवार । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् । शनिबार मर्चवारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको भन्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे।

“बलियो पार्टी बिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौं जनता, पूर्व अध्यक्षहरूसहित, एमालेमा प्रवेश गर्नुभएको छ,” पौडेलले भने, “यसबाट म निकै खुसी छु।” उनले मर्चवारको विकासको जिम्मा एमालेलाई दिन आग्रह गर्दै, आगामी २–४ वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनीजस्तै बनाउने प्रतिबद्धता जनाए । सरकारी अस्पताल, सरकारी क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाए । “आजको मितिदेखि मर्चवारलाई पछाडि पर्न दिने छैनौं,” उपप्रधानमन्त्री पौडेलले स्पष्ट पारे।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लिला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिवद्धता जनाए । कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्दन बानियाले उपप्रधानमन्त्री पौडेल समक्ष मर्चवार क्षेत्रमा चार लेनको रिङ्ग रोड निर्माण गर्न आग्रह गरे । शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । एमालेमा प्रवेश गर्दै शुक्लाले भने, “बलियो पार्टी बिना विकास सम्भव छैन भन्ने बुझेर मैले एमाले रोजेको हुँ।”

कार्यक्रममा नेताहरूले एमाले मात्र देश विकासको प्रमुख आधार हुन सक्ने निष्कर्ष प्रस्तुत गरेका थिए । कार्यक्रममा एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले बोल्दै तराई मधेशको समृद्धि एमालेकै नेतृत्व सम्भव हुने भन्दै आबद्ध भएकालाई स्वागत गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित