रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

बुटवलमा वेनकार्डोको डिलर मिट, आगामी विजेनेश प्लान बारे छलफल

बुटवल । विगत १० वर्षदेखि व्यवसायिक यात्रा सुरु गरेको वेनकार्डोले बुटवलमा डिलर मिट सम्पन्न गरेको छ । वाथवेयर तथा किचनवयेरका सामग्रीहरु उत्पादन गर्दै आएको वेनकार्डोले हालसम्म अपनाएर विजनेश प्लान तथा आगामी वर्षका योजनाहरु बारे छलफल गरेको छ ।

सो अवसरमा बोल्दै वेनकार्डोका प्रवन्ध निर्देशक निरज शर्माले व्यापारको एक दशकमा हासिल गरेका उपलब्धिहरु र आगामी दिनमा उपभोक्ताहरुसँग थप नजिक हुनका लागि तयार पारिएका योजना बारे डिलर प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । आफूले जहिले पनि अन्तिम विन्दु उपभोक्ता भएकाले उनीहरुको आवश्यकता र चाहनालाई लक्षित गरि उत्पादनलाई प्राथमिकता दिने गरेको उल्लेख गरे । ‘हामी एक्लैले व्यापार गर्न सकिँदैन, ‘वी वीन’को आधारमा अघि बढ्नुपर्छ । त्यसका लागि मैले सबभन्दा पहिला अन्तिम ग्राहकलाई हेर्छु, उनीहरुको आवश्यकता र सन्तुष्टीलाई हेर्ने गर्छु ।’

कम्पनीका मार्केटिङ हेट नितिक शर्माले आगामी वर्षका लागि तय गरिएका लक्ष्यहरु बारे जानकारी गराउँदै मार्केटिङ क्यालेण्डर बनाएर यो वर्ष काम बढाइएको बताए । वेनकार्डोले आक्रामक रुपमा व्यापार बिस्तारको योजनामा बनाएको बताउँदै उनले त्यसका लागि देशभरका रहेका डिलर प्रतिनिधिहरुको साथ आवश्यक रहने उल्लेख गरे । बेनकार्डो होम सोलुशन बारे जानकारी गराउँदै उनले नयाँ प्रोडक्टका रुपमा रहेको बेनकार्डो चिम्नी, कुक टप्स, गिजर्स लगायतका विशेषता बारे चर्चा गरेका थिए । यसका साथै आगामी वर्षको बजार योजना अनुसार ग्राहकलाई हात खाली नजाने उपहार योजना पनि ल्याइएको बताए । जस अनुसार वेनकार्डो चिम्नी र चुलो खरिदमा पहिलो १ सय जना ग्राहकलाई एप्रोन उपहार तथा २० हजारदेखि ५० हजार बढीको खरिद गर्ने ग्राहकलाई विभिन्न फरक–फरक उपहार योजना ल्याइएको जानकारी गराए ।

एक दशकको व्यवसायिक यात्रामा उल्लेखनीय सफलता हाल पार्न सकिएको बताउँदै कम्पनीका बिजनेश डेभलपमेन्ट म्यानेजर माधवप्रसाद शर्माले देशभरका करिब पाँच जना डिलर पाट्नरहरुसँग मिलेर अघि बढिएको जानकारी गराए । यसैगरी १० जना डिष्ट्रिव्युटर ९रिजनल पाट्नर०ले व्यवसायमा सहकार्य गरेको उनले उल्लेख गरे । कम्पनीका नेश्नल सेल्स म्यानेजर बालकृष्ण रेग्मीले बजारमा प्रतिस्पर्धा बढ्दो रहेको बताउँदै सोही अनुसार योजना बनाएर अघि बढिएको एल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित