युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१, सिद्धेश्वरकी एक बालिकाको स्क्रबटाइफस संक्रमणका कारण मृत्यु भएको छ ।

सिद्धेश्वरस्थित वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको स्क्रबटाइफसका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

लगातार ज्वरो र रुघाखोकीपछि उनी सुरूमा नजिकैको औषधि पसल गएकी थिइन् । तर, अवस्था बिग्रिएपछि उनलाई गुल्मीको रुरुक्षेत्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । अक्सिजन कम देखिएपछि उनलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको थियो । तर, बाटैमा बेहोस भएको र अस्पताल पुर्‍याउन नपाइ मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुदन भट्टराईले जानकारी दिए।

समयमा अस्पताल नलगिनु, स्वास्थ्य अवस्था जटिल हुनु र स्क्रबटाइफस पोजेटिभ देखिनु बालिकाको मृत्युको प्रमुख कारण बनेको उनले सुनाए ।

यस वर्ष भदौ ६ गतेसम्म पाल्पामा २३८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ । रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार साउनयता मात्रै गाउँपालिकामा ४८ जना स्क्रबटाइफस पोजिटिभ देखिएका छन् । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना दाग-बिमिरा देखिनु स्क्रबटाइफसका प्रमुख लक्षण हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित