रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित सत्य श्री साई बाबा सप्लायर्सले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आफ्ना सय बढी डिलर्स प्रतिनिधिहरुलाई शुक्रबार सम्मान गरेको छ । तीजको दरखाने कार्यक्रम तथा साँगेतिक प्रस्तुतीसहित डिलर्सका सदस्यहरुलाई सम्मान गरेको हो ।

कम्पनीका सञ्चालक पप्पुकुमार गुप्ताले सदस्यहरुलाई मायाका चिनो तथा सम्माद प्रदान गर्दै आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै लैजाने प्रतिवद्धता गरे । कम्पनीका मार्केटिङ प्रमुख ताराबहादुर बस्ने, नितु शाहा गुप्ता लगायतले शुभकामना व्यक्त गर्दै नेपालमा सँस्कृति र परम्पराले सम्पन्न भएको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लोक गागिया लालमाया थापा तथा नृत्यम कलाकेन्द्रका कालाकारहरुको प्रस्तुती रहेको थियो । साँगेतिक प्रस्तुतीसँगै विभिन्न रोमाञ्चक खेलहरुको आयोजना गरी विजेताहरुलाई आकर्षक गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित