सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

मिरा कोषका अध्यक्ष शर्माले गौशालामा दाना खुवाउँदै मनाए जन्मदिन

बुटवल । मिरा कोषका संस्थापक अध्यक्ष एवं बुटवल पब्लिक स्कुलका प्राचार्य हेमलाल शर्माले आफ्नो जन्मदिनमा गौशालामा रहेका गाईलाई दाना खुवाएका छन् ।
जन्मदिनको अवसरमा तिलोत्तमा १,८ शान्तीनगरमा रहेको तिलोत्तमा गौशालामा पुगेर उनले गौमाताहरुलाई दाना खुवाएर जन्मदिन मनाएका हुन ।
समाजसेवीको छवि समेत बनाएका शर्माले हरेक बर्ष जन्मदिनमा नयाँ कार्य गर्दै आएका छन् । अध्यक्ष शर्माले विगतका बर्षमा जस्तै यस बर्ष पनि बेअर्थी रकम खर्च नगरेर गौमातालाई दाना खुवाएर जन्मदिन मनाएको बताए ।
अहिले धेरैजना जन्मदिनको अवसरमा खानपानमा रकम खर्च गर्ने परिपार्टी बढेको भन्दै त्यसरी खर्च हुने रकमलाई सेवाभावमा लगाउन उनले सवैलाई सुझाव समेत दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित