लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देही-३ उपनिर्वाचन : उम्मेदवार बन्न एमालेबाट ४ जनाको आकांक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जनाले उम्मेदवार बन्न आकाङ्क्षा देखाएका छन् ।

शनिबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकाङ्क्षा देखाएका हुन् ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रूपमा आकांक्षा व्यक्त गरेको पार्टीले जनाएको छ ।

एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरूले उम्मेदवार बन्न हालसम्म कसैले आकाङ्क्षा देखाएका छैनन् ।

एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको जिल्ला अध्यक्ष यज्ञ गैर बताए । सांसद दीपक बाेहाेराकाे निधन भएपछि रुपन्देही ३ मा उपनिर्वाचन हुन लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित