मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

न्यू होराइजनका वैभव क्षेत्री र दर्शन भटटराई नेपाल प्रथम, विद्यालयले गर्‍र्यो सम्मान

बुटवल । न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूल बुटवलले कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९६ जीपीए हासिल गरी नेपाल प्रथम हुन सफल छात्रद्घय वैभव क्षेत्री र दर्शन भटटराईसहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यार्थी वैभव र दर्शनको उच्चतम अंकसहित विद्यालयबाट परीक्षामा सहभागी शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयले आइतबार एक समारोह आयोजना गरी सम्पूर्ण विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राको शुभकामनासहित सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड प्रादेशिक कार्यालय बुटवलका प्रमुख रोमकान्त तिवारीले होराइजन शिक्षण संस्थाको रुपमा देशकै उत्कृष्ट रहेको बताए । तिवारीले एकेडेमिक सर्टिफिकेट साथमा व्यावहारिक ज्ञान सीप आवश्यक आउवश्यक रहेको बताउँदै देशकै शैक्षिक गुणस्तर कायम गर्न न्यू होराइजनको योगदान ठूलो योगदान रहेको समेत चर्चा गरे ।

विद्यालय सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र कसजूले गुणस्तरीय शिक्षाका लागि न्यू होराइजन स्थापना गरेको बताउँदै उत्कृष्ट नतिजामा दिन निरन्तर सफल भइरहेको बताए ।

उनले होराइजन संस्था अन्तर्गत उच्च शिक्षाका लागि क्षितिज इन्टरनेशल कलेज कालिकानगर, बुटवल मोडेल कलेज कटैया, न्यू होराइजन कलेज ड्राइभरटोल समेतमा गुणस्तरीय शिक्षा दिइरहेको अध्यक्ष कसजूको भनाइ छ । कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले प्लस टु उत्तीर्ण मेधावी विद्याथीले स्वदेशमा अध्ययन गरी आफ्नो अब्बलता कायम गर्नु सुझाव दिए । प्राचार्य उपाध्यायले स्नातक तहको पढाइ पनि होराइजनका संस्थामा जोडिएर अगाडि बढाउन पनि सफल विद्यार्थीलाई आग्रह गरे ।

सो अवसरमा बोल्दै विद्यार्थी वैभव क्षेत्रीले सानैदेखि मनमा दृढ इच्छा र लगनशीलताले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । अर्का विद्यार्थी विवेक न्यौपानेले विद्यालयको सुविधासम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा, परिवारको साथ र साथीहरुको प्रोत्साहनले उत्कृष्ट नतिजा आएको बताए ।

कार्यक्रममा विद्यालयका उपप्राचार्य बाशुदेव अर्याल, अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ उपाध्याय, अभिभावक कृष्ण पौडेल, न्यू होराइजन लेखा समिति सदस्य अशिस भण्डारी लगायतले बोलेका थिए । सो अवसरमा शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक मिलन रानाले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित