सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो विश्व स्तनपान सप्ताह : १ हजार बढी आमाहरु सहभागी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विभिन्न सचेतनात्मक गतिविधिसहित विश्व स्तनपान सप्ताह–२०२५ सम्पन्न गरिएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइँने सप्ताह अन्तरगत मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी सचेतनासहित दिवस मनाइएको अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाले जानकारी दिइन् ।

सप्ताह अन्तरगत हरेक दिन फरक–फरक गतिविधिसहित १ हजार बढी आमाहरुलाई शिशुको स्याहार, पोषण लगायत स्वास्थ्य सचेतना सम्बन्धी अन्तक्रियाहरुमा सहभागी गराउनुका साथै शिशु स्वास्थ्य र स्तनपान सम्बन्धी पम्प्लेट वितरण गरिरएको नर्सिङ विभाग प्रमुख थापाले जानकारी दिइन् । स्तनपान सम्बन्धी डेमोस्ट्रेशन, सचेतनामूलक भिडियो प्रस्तुती लगायतका कार्यक्रमहरुमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफहरुको सहभागिता रहेको थियो । आमा बुवाहरुको बीच नवशिशु सम्बन्धी जागरुकता पैदा गरी शिशु स्वास्थ्यमा सुधार गर्न तथा भर्खरै जन्मिएका शिशुका लागि स्तनपान अमृत समान हो भन्ने सन्देश दिनका लागि कार्यक्रम गरिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा हरेक वर्ष हजारौँ आमाहरुले नवजात शिशुलाई जन्म दिने गरेको तथ्याङ्क रहेको छ । अस्पतालमा वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीका अनुसार पछिल्लो अध्यावधिक विवरणमा एक वर्षको अवधिमा १२ हजार ९५ जनलाई प्रसुती सेवा उपलब्ध गराइएको छ । जसमध्ये ४ हजार ५४७ केसमा शल्यक्रिया गरिएको छ भने ८ हजार ५४८ आमाहरुले सामान्य रुपमै शिशुलाई जन्म दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवालाई थप विशिष्टिकृत गर्दै लगेपछि सेवाग्राहीको आकर्षण पनि बढ्दै गएको उनको दाबी छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको अस्पताल सेवा बिस्तार कार्यक्रम अन्तरगत प्रसुती सेवाका लागि छुट्टै भवनमा छुट्टै शल्यक्रिया कक्ष बिस्तार, ल्याप्रोस्कोपी सेवा लगायतका सुधारहरु भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ढकालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित