लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

बुटवल देविनगरमा २५ लाखको लगानीमा हरि ॐ पुजा सामाग्री उद्योग स्थापना

बुटवल । बुटवल देविनगरमा २५ लाखको लगानीमा हरि ॐ पुजा सामाग्री उद्योग स्थापना भएको छ । यो उद्योगले एक बर्षमै १५ लाख भन्दा बढि रक्षाबन्धन उत्पादन गरेको छ ।

जनै र रक्षाबन्धन उत्पादन गर्दै आएको उद्योगले शास्त्रीय विधि परम्परा अनुसार पूर्ण सरा र शिखा भएको जनै र रक्षाबन्धन उत्पादन गरेर विक्रि गर्दै आएको छ ।

लोकप्रसाद काफ्ले, जनार्दन न्यौपाने र सुन्दर न्यौपानेको संयुक्त लगानीमा स्थापना भएको उद्योगमा २५ लाख लगानी भएको छ । उद्योगका सञ्चालक जनार्दन न्यौपानेले विदेशी जनैका आयात रोक्नुका साथै धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उद्योग स्थापना गरेको बताए ।
उनले उद्योगबाट उत्पादित जनै विधि पूर्ण र ५४ सरे रहेको बताए ।

‘हरेक नेपालीका घरमा शुभकार्य गर्न जनै अनिवार्य छ’ उनी भन्छन, ‘नेपालमा वार्षिक ५ करोड जनै आवश्यक पर्ने अनुमान छ । त्यसमध्ये १ करोड जति नेपालमा उत्पादन हुँदै आए पनि अझै पनि बाँकी भारतबाट आउने गर्ने अनुमान हाम्रो छ ।’

उनले कपास र धागो भारतमा उत्पादन गरिएको र नेपालमा ल्याएर हातले शिखा पारेर जनै तयार गरिएको बताए । उद्योग बाट उत्पादित जनै युरोप, अमेरिका लगाएतका देशमा समेत विक्रि हुने गरेको उद्योगको दावी छ । जनै तयारका क्रममा १२५ जनाले रोजगारी पाएको उनले बताए ।

उद्योगका अर्का सञ्चालक लोकप्रसाद काफ्लेले लामो समय सम्म विदेशमा बसेर नेपाल फर्किएपछि नेपालमै केही गरौ भन्ने उद्देश्यले उद्योग स्थापना गरेको बताए ।

उद्योगका अर्का सञ्चालक सुन्दर न्यौपानेले जनैपूर्णिमाका तीनपक्ष यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांग ऋषितर्पणी रहेको बताए ।

हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोत्कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिकालागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित