भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

सिष्टम अपग्रेटसंगै सिद्धार्थ केवलकार सञ्चालन

बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ ।

केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए ।

यो अवधिमा केवलकारको सिष्टम अपग्रेटसंगै पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेशमा रहेको सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका काम गरिएको छ । त्यसमध्ये रेष्टुरेन्ट भवन तथा सिद्धार्थ स्ट्याचु, शौचालय निर्माणाधिन अवस्थामै रहेको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिए ।

बटम स्टेशन देखि टप स्टेशसम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा ८ जना क्षेमताका २५ वटा गोण्डुला रहेका छन् । जसमा बटम स्टेशन, टप स्टेशन तथा पोलहरुमा यस अंगाडी चेन हलेज सिष्टम थियो । त्यसलाई अहिले टायर हलेज सिष्टममा बदलिएको छ ।

प्रवन्धक कार्कीका अनुसार यसले केवलकारको गति बढाउँछ भने यात्राको समय घटाउँछ । त्यस्तै पोलहरुमा खडखडाउने आवाज पनि बन्द भएको उनकाे भनाइ छ ।

त्यस्तै पहुँचमागमा दुबैतर्फ विद्युतीयकरण गरिएको छ । केही दिनमा लाईटिङ पनि जठान गरिने र त्यसले केवकारको यात्रालाई झनै आकर्षक बनाउने छ । त्यस्तै सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङको काम पनि भईरहेको छ । त्यसबाहेक अरु धेरै पूर्वाधार निर्माणको काम बाँकी नै रहेको प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताए। सिद्धार्थ केवलकार लिमिटेडको योजना अनुसारका पूर्वाधार निर्माण भईसक्दा यस क्षेत्रको पर्यटकन विकासले एउटा उचाई लिने उनको विश्वास छ ।

सिद्धार्थ केवलकारको बटम स्टेशन बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको छ भने टप स्टेशन पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ स्थित नवाकोट गढीमा रहेको छ । सेनबंसीय परापूर्वकालदेखि नै पुरातात्विक तथा सामरिक महत्व बोकेको नुवाकोट गढी राष्ट्रिय गौरव बोकेको सम्पदा हो । नेपाल अंग्रेज यूद्धसंग जोडिएकाले यसले धेरै महत्व बोकेको छ । केवलकारको बटम स्टेशन समुद्रि सतहबाट ३ सय मिटर र टप स्टेशन समुद्रि सतहबाट ८ सय मिटरको उचाईमा रहेको छ । यहाँ शान्त, सितल, हरियाली र मनमोहक दृश्यले पर्यटकलाई बोलाईरहेका त्यसको मध्येस्थकर्ताको रुपमा सिद्धार्थ केवलकार खडा भएको प्रवन्ध सञ्चालक अधिकारी बताउँछन ।

त्यस्तैगरी यो स्थानलाई सिद्धार्थ गौतमबुद्धसंग पनि जोडेर हेर्ने गरिएको छ । करिव २५६७ वर्ष अंघि कपिलबस्तुका राजा शुद्धोदनकी रानी मायाँदेवी आफ्नो दरवार तिलौराकोटबाट बैशाख पूर्णिमाका दिन माईत देवदह जाने क्रममा लुम्बिनी उद्यानमा मंगलसालको छहारीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । सिद्धार्थ गौतमको जन्मपश्चात उत्तरतर्फ ७ पाईला किंवदन्तीका आधारमा सिद्धार्थ गौतमकाके ७ पाईलाको प्रतिकको रुपमा बटम स्टेशमा ६ वटा र टप स्टेशनमा एउटा गरी ७ वटा कमलको फूल निर्माण गरिएको उनले बताए ।

सिद्धार्थ गौतमबुद्धले बाल्यकालको शिक्षा पनि यसै स्थानमा आर्जन गरेको र लुम्बिनीसंग घनिभूत सम्वन्ध भएकाले यो भूमिमा निर्माण गरिएको केवलकारको नामाकरण पनि सिद्धार्थ गौतम बुद्धकै नामबाट राखिएको उनले बताए ।

त्यसैगरी बटम स्टेशन नुवाकोटमा सेन कालमा निर्मित आराध्यदेव काल भैरवको मन्दिरमा भाकल गरेको मंगलकार्यबाट सिद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ । यहाँ भैरव मन्दिर सहित सेनकालिन चतुर्भुज विष्णु मूर्ति, कोत घर, लगायतका धार्मिक स्थलहरु समेत रहेकाले यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित