
बुटवल ११ न्यु दुर्गा नगर स्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाईको पाँच दिनमा शव फेला परेको छ । न्यू दुर्गानगरबाट शुक्रबार राती साँढे ८ बजे नहरपुर जादै गर्दा कुलोमा खसेर दमाई वेपत्ता भएका थिए ।
बुधबार रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मैनहियामा अनिलको मृत अवस्थामा शव फेला परेको बुटवल वडा न. ११ का जनप्रतिनिधि नहकुल शाहीले जानकारी दिए ।
दुर्गानगर स्थित तिनाउ नदीबाट मोतिपुर नहरपुर क्षेत्रका लागि लगिएको नहरमा बाढी आएकाले मोटरसाईकल सहित दमाई खसेका थिए । दुई दिनअघि नहरमा अनिलले चलाएको मोटरसाईकल भेटिएको थियो ।
स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास पछि पाँचौ दिनमा बगेर बेपत्ता दमाईको शव भेटिएको प्रहरीले जनाएको छ ।