
बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएको दावी सहित विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ । विद्यालयले बुधबार विज्ञान संकायबाट ३.९६ जिपिए ल्याउने विद्यार्थी पौडेललाई नगद १५ हजारसहित सम्मान गरेको हो ।
विद्यालयका अध्यक्ष थानेश्वर पौडेल र विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले संयुक्त रुपमा चेक तथा खादाले सम्मान गरेका हुनु। विद्यार्थी राजेश पौडेलले आफुले नेपालमा नै अध्ययन गर्ने सोच बनाएको बताए । उनले ब्याचलर लेबलको पढाई नेपालमै गर्ने बताए । उनले इन्जिनियरिङ्ग अध्ययनका लागि तयारी गरेको समेत बताए । उनले विद्यालयको वातावरण र शिक्षकहरुको सिकाउने तरिकाले आफूले उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए ।
यस्तै विद्यालयका अध्यक्ष थानेश्वर पौडेलले आफुहरुले प्रचारलाई भन्दा पनि गुणस्तरीय शिक्षामा विशेष ख्याल गर्ने गरेको बताए । जसको परिणाम स्वरुप विद्यालयले सफलता हासिल गर्न सफल भएको बताए । साथै विद्यालयले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै गर्ने अवसर पनि प्रदान गर्ने गरेको बताए ।
विद्यालयका प्राचार्य शंकर भण्डारीले कक्षा १२ को परीक्षामा विज्ञान संकायमा सतप्रशित र व्यवस्थापन संकायमा ८० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बताए । साथै प्राचार्य भण्डारी विज्ञान संकायमा क्यान माध्यमिक विद्यालय प्रथम भएको दाबी समेत गरे ।
परीक्षामा व्यवस्थापन संकायबाट १५० जना र विज्ञान संकायबाट २९ जना गरी १७९ जना विद्यार्थीहरु सहभागि रहेका थिए । साथै विद्यालयले विद्याथी्र्रहरुबाट अक्तिरिक्त क्रियाकलापका लागि लाग्ने कुनै पनि शुल्क नलिने गरेको बताउँदै गुणस्तरीय शिक्षामा केन्द्रित हुँदा राम्रो सफलता हात पारेको बताए ।
यस क्षेत्रकै प्रतिष्ठत शैक्षिक संस्थाको रुपमा रहेको क्यान माविमा १३ भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।