तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

क्यानन मावि बुटवलद्धारा कक्षा १२ मा राजेश पौडेल नेपाल प्रथमकाे दावी सहित सम्मान

 बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएको दावी सहित विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ । विद्यालयले बुधबार विज्ञान संकायबाट ३.९६ जिपिए ल्याउने विद्यार्थी पौडेललाई नगद १५ हजारसहित सम्मान गरेको हो ।

विद्यालयका अध्यक्ष थानेश्वर पौडेल र विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले संयुक्त रुपमा चेक तथा खादाले सम्मान गरेका हुनु।  विद्यार्थी राजेश पौडेलले आफुले नेपालमा नै अध्ययन गर्ने सोच बनाएको बताए । उनले ब्याचलर लेबलको पढाई नेपालमै गर्ने बताए । उनले  इन्जिनियरिङ्ग अध्ययनका लागि तयारी गरेको समेत बताए । उनले विद्यालयको वातावरण र शिक्षकहरुको सिकाउने तरिकाले आफूले उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए ।

यस्तै विद्यालयका अध्यक्ष थानेश्वर पौडेलले आफुहरुले प्रचारलाई भन्दा पनि गुणस्तरीय शिक्षामा विशेष ख्याल गर्ने गरेको बताए । जसको परिणाम स्वरुप विद्यालयले सफलता हासिल गर्न सफल भएको बताए । साथै विद्यालयले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै गर्ने अवसर पनि प्रदान गर्ने गरेको बताए ।

विद्यालयका प्राचार्य शंकर भण्डारीले कक्षा १२ को परीक्षामा विज्ञान संकायमा सतप्रशित र व्यवस्थापन संकायमा ८० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बताए । साथै प्राचार्य भण्डारी विज्ञान संकायमा क्यान माध्यमिक विद्यालय प्रथम भएको दाबी समेत गरे ।

परीक्षामा व्यवस्थापन संकायबाट १५० जना र विज्ञान संकायबाट २९ जना गरी १७९ जना विद्यार्थीहरु सहभागि रहेका थिए । साथै विद्यालयले विद्याथी्र्रहरुबाट अक्तिरिक्त क्रियाकलापका लागि लाग्ने कुनै पनि शुल्क नलिने गरेको बताउँदै गुणस्तरीय शिक्षामा केन्द्रित हुँदा राम्रो सफलता हात पारेको बताए ।

यस क्षेत्रकै प्रतिष्ठत शैक्षिक संस्थाको रुपमा रहेको क्यान माविमा १३ भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित