तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल फूलबारीमा एक बर्षको अवधिमा ५ लाख बढि पर्यटक द्वारा अवलोकन

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. २ स्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी)मा एक बर्षको अवधिमा ५ लाख बढि पर्यटनले अवलोकन गरेका छन् ।

५ सय बर्ष भन्दा अगाडि देखिको सेन बंशीय राज्यको ईतिहास बोकेको फूलबारीमा गएको आर्थिकबर्षमा ५ लाख ४७ हजार १९९ पर्यटकले अवलोकन गरेको मणिमुकन्द सेन उद्यान संरक्षण समितिले जनाएको छ ।

जस मध्ये भारतीय पर्यटकहरु ७४ हजार ५९२ जना रहेका छन् । यसैगरी फूलबारीमा ७१ ह्जार ६९५ जना विद्यार्थीहरुले अवलोधन गरेका छन् ।


त्यस्तै उद्यान संरक्षण समितिले एक बर्षको अवधिमा ४ करोड ६ लाख रुपैया आम्दानी गरेको समितिका महासचिव युवराज घिमिरेले बताए ।
समितिले एक बर्षको अवधिमा नर्सरी निर्माण देखि ईमो, अष्ट्रिजका लागि खोर निर्माणको काम गरेको छ । त्यस्तै शौचालय निर्माण, कुडुले घर सहितका स्मारकमा रंगरोहन, पर्खाल निर्माण, डिजिटल टिकट काउन्टर निर्माण समितिले एक बर्षको अवधिमा गरेको छ ।

त्यस्तै समितिका अध्यक्ष माधव नेपालले चालु आर्थिक बर्षमा बाटिका स्थापना, डमी पार्क व्यवस्थापन गर्नुका साथै जीप लाईनको सम्भाव्यता अध्यायन गर्ने बताए । त्यस्तै ट्री हाउंस एवं ट्रि रेष्टुरेन्ट, सिसाको पुल स्थापना तथा सञ्चालन गर्ने योजना रहेको बताए ।

एनले बाल उद्यानको क्षेत्रमा थप सिसिटीभि जडान गर्ने, कर्मचारीको क्षमता अभिबृद्धि, मुनामदन बाटिकाको थप सौन्दर्यकरण गर्दै केही मुर्तीहरु थप गर्ने बताउनुभयो । मणिमुकुन्द सेन उद्यान एक ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्या पर्यटनको हिसावमा निकै महत्व बोकेको स्थान भएकाले दरबार संग्रालय निर्माणका लागि सरकार संग पहल गरिरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसी, प्रगतिशिल पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व अध्यक्ष अमृत गिरी, पत्रकार महेन्द्र थापा, डिवी सुस्लिङ, टिआर शर्मा, अस्मिना पाण्डे लगाएले बोलेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित