निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एकै पटक ९ वटा सहकारी एकिकरण

रुपन्देहीमा नौवटा सहकारी संस्थाहरु एकीकरण (मर्जर) भएका छन ।

रुपन्देही, नवलपरासी र कफिवस्तुका सहकारी एकिकरण घोषणामा गरिएको हो । सार्थक, आगन्तुक, शाईन, उपदेश, उपकार, जनप्रिय, सुशन्देश शुभश्री, वरदान बहुउद्देश्यीय सहकारी संस्थाहरुका पदाधिकारी, शेयर सदस्यहरुको सहभागितामा शनिबार मर्जर गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैकका अध्यक्ष केपि उप्रेतीले सहकारीको अहिले सृजना भएको भ्रम तोड्ने गरि केन्द्रबाट काम शुरु भएको बताए ।

सहकारी क्षेत्रमा भएका खराबीका कारणमात्र नभई यसमा अन्य धेरै तत्वहरु समावेश रहेको उनले बताए । देशकै आर्थिक अवस्था कोभिड १९ संक्रमणभन्दा पनि जटिलता रुपमा देखिएको उनले दाबी गरे। राष्ट्रिय अर्थतन्त्रमा सरकारकै कारण आर्थिक संकट आएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले एकीकरण आफैमा नया उर्जा थप्ने अभियान भएको बताए। शब्दमात्र सिमित नभई कार्यान्वयन गर्न सुझाव दिदै उनले सहकारीको परिभाषा र नारालाई अक्षरस पालना गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकमा संचालक माधव लाल देवकोटाले सहकारीको आधारभुत मुल्यमान्यतालाई समेत कार्यान्वयन नगर्दा सहकारी डुब्नेसम्मको अवस्था आएको बताए। प्रतिवद्घतासहित सुधार ल्याउने बाहेक अन्य कुनै बिकल्प नरहेको उनले बताए। हाल रुपन्देहीमा ७ सय सहकारीहरु छन ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारीका संचालक सन्दिप सापकोटाले सहकारी समस्यामा गुज्रिएको बताए। सिद्धबाबा बहुउदेश्यीय सहकारी संस्था गठन गर्ने गरी प्रस्तावित नाम सहित यी सहकारीहरु एकिकरण भएका हुन । तर्दथ समितिका अध्यक्ष प्रकाश खनालका अनुसार मर्जर पश्चात सहकारीको कुल निक्षेप संकलन ३३ करोड ४४ लाख ७२ हजार २ सय ८७ हुने छ । यस्तै कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९ सय ८२ हुने बताइएको छ ।

एकिकरण पश्चात हुने तरलता १२.६९ प्रतिशत कायम हुने जानइएको छ ।यस्तै अचल सम्पत्ती २ करोड ८१ लाख ६७ हजार १ सय ४७ र शेयर पुँजी ३ करोड ७१ लाख ४२ हजार ३ सय ३ रुपैयाँ हुनेछ भने एकिकरण पश्चत शेयर सदस्यहरुको संख्या २२ हजार ४ सयस १३ जना रहेने छन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित