भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

मिरा कोषद्वारा गङ्गा आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

गुल्मी  । मिरा कोषले आज एक कार्यक्रमको आयोजना गर्दै गुल्मी दरबार गाउँपालिका–६ स्थित श्री गङ्गा आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्रीहरू हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा कोषका अध्यक्ष हेमलाल शर्माले विज्ञान शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले प्रयोगशालामा आवश्यक सामग्रीहरू माइक्रोस्कोप, म्युजियम स्पेसिस, स्लाइड्स लगायत अन्य सामग्रीहरु विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा विद्यालयका प्र.अ. इन्द्र थापा, गुल्मी दरबार गा.पा. वडा न:६ का वडा अध्यक्ष  मुकेश थापा, विद्यार्थीहरु तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मिरा कोषका अध्यक्ष शर्माले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय विज्ञान शिक्षा दिन सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको बताएका थिए।

विद्यालयका प्रधानाध्यापकले विज्ञान शिक्षाको सुधारमा मिरा कोषले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षामा सहजता पुग्ने विश्वास व्यक्त गरे।

यस हस्तान्तरण कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक सीप विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित