लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

कालिकामा मानवज्ञान माविमा विद्यार्थी अभिमुखिकरण तथा स्वागत

बुटवल ।
राष्ट्रिकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयकोे रुपमा पुरस्कृत बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि अभीमुखिकरण कार्यक्रम गरेको छ ।
शैक्षिक सत्र २०८२÷०८३ का लागि भर्ना भएका विद्यार्थीहरुलाई उत्पेरेणात्मक कार्यक्रम सहित अभिमुखिकरण कार्यक्रमको सुरुवात गरिएको हो । ३ दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन सेक्टर १ कालिका नगर र सेक्टर २ रामनगरमा कक्षा ११ व्यवस्थापन संकायमा विहानी र दिवा समुहमा भर्ना भएका विद्यार्थीहरुको लागि कार्यक्रम गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले उत्पेरेणात्मक अभिमुखिकरण प्रदान गरेका थिए ।
कालिका मानवज्ञान माविका पुर्व प्रधानाध्यापम समेत रहेका पाठकलले अवको २१ औं सताब्दीको शिक्षा पढ्ने, घोक्ने भन्दा पनि सिक्ने र सिकाउने थलोको रुपमा विकास भएको र सोही अनुसार विद्यार्थीले के सिक्ने भन्ने कुरा प्रधानता हुने बताएका थिए । उनले राष्ट्रकै सर्वोच्च सामुदायीक विद्यालय कालिका मानवज्ञान मावि छनौट गर्ने विद्यार्थीलाई धेरै धेरै धन्यावाद दिदै उनले सिकाई उपलब्धीको लागि कालिका एउटा ब्रान्डको रुपमा विकास भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान मावि सफलता चाहानेहरुको उत्कृष्ठ गन्तव्यको रुपमा विकास हुँदै गएको भन्दै सफलता प्राप्तीको लागि कालिका रोज्ने विद्यार्थीहरुलाई हार्दिकतापुर्वक स्वागत रहेको बताएका थिए । उनले कालिकामा रकम अभाव, गरिबीको कारण कुनै पनि विद्यार्थी शिक्षाको न्यानो घामबाट बञ्चीत हुने वातावरण कहिल्यै पनि नआउने प्रतिवद्धता समेत व्याक्त गरे । दुई वटा सेक्टरमा आयोजना गरिएको कार्यक्रममा सेक्टर १ का व्यवस्थापन संकाय(विहानी) ईन्चार्ज शेरचन्द्र गिरी, दिवा ईन्चार्ज सुर्दशन रेग्मी, सेक्टर २ विद्यालय ईन्चार्ज कृष्ण गौतम, सहायक प्रधानाध्यापम लोकराज घिमिरे, पिताम्बर बन्जाडे, खेल प्रशिक्षक हरिष कुमार ओली, लेखा विषय विभाग प्रमुख लक्ष्मण प्रसाद गैरे , शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज ज्ञवाली, लगायतले आ आफ्नो भनाई राखेका थिए ।
विद्यालयले आटर््स, फाईन आर्ट्स र कानून का विद्यार्थीहरुको लागि साउन ४ गते, विज्ञान तथा प्राविधीक धार (कम्प्युटर ईन्जीनीयरिङ्ग)का विद्यार्थीको लागि विहानी सत्रको साउन ५ गते विहान ७ बजे र दिवा समुहको लागि सोही दिन १२ बजे अभिमुखिकरण कार्यक्रम राखेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यालयमा कक्षा ११ मा हाल १ हजार ९ सय ९६ जना विद्यार्थी भर्ना भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित