भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

कालिकामा मानवज्ञान माविमा विद्यार्थी अभिमुखिकरण तथा स्वागत

बुटवल ।
राष्ट्रिकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयकोे रुपमा पुरस्कृत बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि अभीमुखिकरण कार्यक्रम गरेको छ ।
शैक्षिक सत्र २०८२÷०८३ का लागि भर्ना भएका विद्यार्थीहरुलाई उत्पेरेणात्मक कार्यक्रम सहित अभिमुखिकरण कार्यक्रमको सुरुवात गरिएको हो । ३ दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन सेक्टर १ कालिका नगर र सेक्टर २ रामनगरमा कक्षा ११ व्यवस्थापन संकायमा विहानी र दिवा समुहमा भर्ना भएका विद्यार्थीहरुको लागि कार्यक्रम गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले उत्पेरेणात्मक अभिमुखिकरण प्रदान गरेका थिए ।
कालिका मानवज्ञान माविका पुर्व प्रधानाध्यापम समेत रहेका पाठकलले अवको २१ औं सताब्दीको शिक्षा पढ्ने, घोक्ने भन्दा पनि सिक्ने र सिकाउने थलोको रुपमा विकास भएको र सोही अनुसार विद्यार्थीले के सिक्ने भन्ने कुरा प्रधानता हुने बताएका थिए । उनले राष्ट्रकै सर्वोच्च सामुदायीक विद्यालय कालिका मानवज्ञान मावि छनौट गर्ने विद्यार्थीलाई धेरै धेरै धन्यावाद दिदै उनले सिकाई उपलब्धीको लागि कालिका एउटा ब्रान्डको रुपमा विकास भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान मावि सफलता चाहानेहरुको उत्कृष्ठ गन्तव्यको रुपमा विकास हुँदै गएको भन्दै सफलता प्राप्तीको लागि कालिका रोज्ने विद्यार्थीहरुलाई हार्दिकतापुर्वक स्वागत रहेको बताएका थिए । उनले कालिकामा रकम अभाव, गरिबीको कारण कुनै पनि विद्यार्थी शिक्षाको न्यानो घामबाट बञ्चीत हुने वातावरण कहिल्यै पनि नआउने प्रतिवद्धता समेत व्याक्त गरे । दुई वटा सेक्टरमा आयोजना गरिएको कार्यक्रममा सेक्टर १ का व्यवस्थापन संकाय(विहानी) ईन्चार्ज शेरचन्द्र गिरी, दिवा ईन्चार्ज सुर्दशन रेग्मी, सेक्टर २ विद्यालय ईन्चार्ज कृष्ण गौतम, सहायक प्रधानाध्यापम लोकराज घिमिरे, पिताम्बर बन्जाडे, खेल प्रशिक्षक हरिष कुमार ओली, लेखा विषय विभाग प्रमुख लक्ष्मण प्रसाद गैरे , शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज ज्ञवाली, लगायतले आ आफ्नो भनाई राखेका थिए ।
विद्यालयले आटर््स, फाईन आर्ट्स र कानून का विद्यार्थीहरुको लागि साउन ४ गते, विज्ञान तथा प्राविधीक धार (कम्प्युटर ईन्जीनीयरिङ्ग)का विद्यार्थीको लागि विहानी सत्रको साउन ५ गते विहान ७ बजे र दिवा समुहको लागि सोही दिन १२ बजे अभिमुखिकरण कार्यक्रम राखेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यालयमा कक्षा ११ मा हाल १ हजार ९ सय ९६ जना विद्यार्थी भर्ना भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित