भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

नेशनल प्याब्सनको खुशी जीवन उपयोगि शिक्षा कार्यक्रम

 

बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफु मातहतका विद्यालयका संचालक तथा प्रिन्सिपलहरुलाई खुशी जीवन उपयोगि शिक्षा कार्यक्रम गरेको छ ।

नेशनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुका संचालन तथा प्रिन्सिपलहरुका माध्यमबाट विद्यालयको शैक्षिक गुणस्तरीयता वृद्धिकालागि बुटवलमा एक दिने कार्यक्रम गरेको हो । कार्यक्रममा पाठ्यक्रमलाई आधार बनाएर विद्यार्थी, शिक्षक र अभिभावकहरुको समन्वयमा गुणस्तरीय शिक्षासँगै शैक्षिक विकास योजना र शैक्षिक जुत्तीका विषयमा छलफल गरिएको नेशनल प्याब्सनका सचिव विनोद थापा मगरले जानकारी दिए ।

नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलव केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले शिक्षण सिकाई, तालिम तथा गोष्ठिले शिक्षक कर्मचारीको क्षमता विकासमा महत्वपुर्ण भुमिका खेल्ने भएकाले समयसमयमा शैक्षिक सिकाई विकासका कार्यक्रम गर्नु आवश्यक रहने बताए ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जेबी क्षेत्री, उपाध्यक्ष राजेन्द्र पराजुलीलगायतले तालिम र गोष्ठिमा सिकेका कुरालाई ब्यवहारमा उत्तार्नु पर्ने बताए ।

कार्यक्रममा जीवन चेतना विकास फाउण्डेशनका कार्यकारी प्रमुख कमल सिलवाल र डिजिटल स्कुल लुम्विनीका संयोजक लेखनाथ पन्थले सहजिकरण गर्नु भएको खुशी जीवन उपयोगि शिक्षा कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीबीचको समन्वयले मात्र शैक्षिक गुणस्तरवृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा नेशनल प्याब्सन रुपन्देहीसँग आवद्ध संस्थागत विद्यालयका संचालक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित