
बुटवल । रुपन्देहीको चिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका-३ जना युवाहरु पक्राउ परेका छन् । गत २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएकोमा प्रहरीले सुनको गहनासहित बुटवलका ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बुटवल उप-महानगरपालिका वडा नं. ७ का २३ वर्षिय बिष्णु थापा, बुटवल उप-महानगरपालिका वडा नं. १३ का २५ वर्षिय युसुक गुरुङ र बुटवल उप-महानगरपालिका वडा नं. ६ का २२ वर्षियबिशाल तामाङ रहेका छन् ।
पक्राउ परेकाहरुको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा मंगलशुत्र थान१ बरामदगरी निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।