
बुटवल- त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस एकाइको नयाँ कार्यसमिति चयन गरिएको छ ।
मंगलबार सम्पन्न अधिवेशनमा निर्वाचित सदस्यहरुमध्येबाट संघको विधानअनुसार निर्वाचन समितिको रोहबरमा बसेको भेलाले सर्वसम्मत निर्णय गर्दै पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।
निर्वाचन समितिका संयोजक जिवना अधिकारीका अनुसार डा. चिरञ्जीवि देवकोटा संघको सभापतिमा चयन हुनु भएको छ । त्यस्तै, उपसभापतिमा प्रेमप्रसाद पौडेल, सचिवमा होमनाथ चालिसे, सहसचिवमा बलवन्त कुमी र कोषाध्यक्षमा डा. तारानाथ भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ ।
सदस्यहरुमा सुभाष चन्द्र बौधरी, कमारी लक्ष्मी शर्मा, कृष्ण प्रसाद पाण्डे (भूगोल), राजेश चन्द पौडेल र प्रभा पौडेल चयन हुनु भएको छ ।
नयाँ कार्यसमितिलाई बुटवल बहुमुखी क्याम्पस एकाइमा प्राध्यापकहरुको हित, अधिकार र पेशागत सशक्तीकरणका लागि क्रियाशील हुने अपेक्षा गरिएको छ । निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न भएको जनाएको छ ।