तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देही फेशन रनवे-२०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीलाई

बुटवल । रुपन्देहीको बुटवलमा भएको रुपन्देही फेशन रनवे २०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीले जितेकी छन् ।

पि प्रोडक्सनको आयोजनामा भएको रुपन्देही फेशन रनवेमा दुई दर्जन प्रतिस्पर्धीलाई पछाडी पार्दै रेग्मीले उपाधिसहित क्राउन जितेकी हुन् । विजेता बन्दै रेग्मीले नगद २५ हजार रुपैया, प्रमाणपत्र र थुप्रै गिफ्ट हेम्पर जितेकी छन् ।

नगद सहित उनले एक वर्षको मोडलिङको अवसर, राष्ट्रिय लेवलको मोडलिङमा तालिम र सहभागिताको अवसर पनि पाउने पि प्रोडक्सनका इभेन्ट म्यानेजर प्रशान्त शाहले जानकारी दिए । बुटवलमा चरण चरणमा भएको तालिम र विभिन्न प्रकारका प्रतिस्प्रर्धी प्रतियोगिताबाट पि प्रोडक्सनले विजेता छानेको शाहले बताए ।

यस्तै फेशन रनवे प्रतियोगितामा प्रियंका थापा मगर फष्ट रनरअप, एलिना थापा मगर सेकेण्ड रनरअप र अर्विन विश्वकर्माले थर्ड रनरअपको उपाधि जितेका छन् । उनीहरु विजेता बन्दै थुप्रै पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको शाहले बताए ।

यस्तै प्रतियोगितामा प्रियंका भुसालले पक्लिक च्वाइस, सुनिता विकले अर्गनाइजर च्वाइस, विनिता सुनारले भिवर च्वाइस, जोया थापाले मष्ट फोटोजेनीक, निर्विता रेग्मीले मष्ट कन्फिडेन्ट, एलिना थापाले मल्टिमिडिया, काभ्या भट्टराईले मष्ट पपुलर एवार्ड प्राप्त गरेका हुन् ।

कार्यक्रममा इन्टरनेशनल फेशन डिजाईनर अमित बराल, नेशनल फेशन कोरियोग्राफर इस्मीत तामाङ, फेशनर डिजाइनर हरि पंगेनी र प्रिन्सु खड्काले निर्णायको भुमिका निभाउनु भएको थियो भने सम्पुर्ण इभेन्टको कोरियोग्राफि रेनुका चौधरीले गरेका थिए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित