कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको सिण्डिकेटविरुद्ध जनअसन्तोष झल्किने गरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत प्राप्त गरेको छ ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे तथा कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणको छेउमा पर्ने सो टोलको १५ सदस्यीय कार्यसमितिमा रास्वपाले ४ पदाधिकारीसहित ८ सदस्य पद जितेको छ। ३ जना सदस्य एमालेबाट, रास्वपाकै प्यानलबाट राप्रपाका २ जना र कांग्रेसबाट २ जना सदस्य निर्वाचित भएका छन् ।

२७२ घरधुरी रहेको टोलमा २३३ मत खसेको थियो। अध्यक्षमा रास्वपाका रामाकान्त भुसाल १२४ मत ल्याएर निर्वाचित भए भने एमालेका कृष्ण चापागाईं १०० मतमा रोकिए ।

उपाध्यक्षमा रास्वपाका पर्सुराम काफ्लेले १४५ मत ल्याउँदै कांग्रेसकी रिना बराललाई सहजै हराए। बरालले ८१ मत मात्र पाइन्। सचिवमा रास्वपाकै सीता तिवारी ११९ मतसहित निर्वाचित भइन् भने कांग्रेसका थम्मन गुरुङले १०५ मत ल्याए। कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डेले १२६ मतसहित एमालेकी बबी चापागाईंलाई पराजित गरे। चापागाईंले ९८ मत पाइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित