तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेशनल प्याब्सनद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ ।

नेशनल प्याब्सन रुपन्देहीले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजन गरि जिपीए ३.६० देखि ४ जिपीए ल्याउने ११६ जना विद्यार्थीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम गरेको हो ।

नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलव केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले शैक्षिक क्षेत्रमा विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजाले बिद्यार्थीको शैक्षिक प्रगतिको मापन गर्ने बताए।

उनले माध्यमिक शिक्षा परीक्षामा ल्याएको शैक्षिक उपलब्धिलाई माध्यमिक तहसम्म पुर्याउनकालागि विद्यार्थीलाई अझै मेहनत र लगनशिल बन्नु पर्ने उल्लेख गर्दै लगन, महनत र परिश्रमका साथमा अध्ययन गरे विद्यार्थीले थप सफलता प्राप्त गर्ने विचार राखे ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले विभिन्न समयमा आयोजना हुने बधाई तथा शुभकामनालगायतका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक सफलताका लागि थप हौसला र प्रेरणा प्राप्त हुने बताए ।

उनले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्नकालागि विद्यार्थीको आचरण र ब्यवहारले महत्व राख्ने उल्लेख गर्दै विद्यार्थीले आफुलाई सधैव लक्ष्य केन्द्रीत भएर अध्ययनमा जोड दिनु पर्ने बताए।

नेशनल प्याब्सनका सचिव विनोद थापा मगरको संचालनमा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जेवी क्षेत्री, सल्लाहकार प्रकाश भट्टराई, उपाध्यक्ष राजेन्द्र पराजुलीलगायतले एसईईमा सफल विद्यार्थीहरुलाई बधाई दिदै माथिल्ला कक्षामा पनि थप उत्कृष्टताकालागि शुभकामना दिएका थिए ।

सो अवसरमा उत्कृष्टतासँगै एसईईमा सत् प्रतिशत नतिजा हासिल गर्ने विषयगत शिक्षक तथा विद्यालयहरुलाई समेत सम्मान गरिएको सचिव विनोद थापा मगरले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित