दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

देवस्थल मन्दिरमा दिव्य महाआरती महोत्सव भव्य रूपमा सम्पन्न

बुटवल । बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा प्रत्येक पूर्णिमाका दिन सन्ध्याकालमा आयोजना हुँदै आएको दिव्य महाआरती अन्तर्गत पूर्णिमाका दिन विशेष महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर परिषरमा मानव कल्याण, जीवकल्याण र विश्वशान्तिको कामना सहित दिव्य महाआरती भएको हो ।

देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले समाजमा नैतिकता सदाचार र मर्यादाका लागि धार्मिक समारोहको महत्वपूर्ण भूमिका हुने सन्ध्या आरतीले मानव भित्र रहेका विकार तत्वहरु कोध, मोह, लोभ, काम बाट छुट्कारा दिलाउनुका साथै मानव जीवनका दुःख कष्ट बिध्नबाधा बाट मुक्त गरी मानव जीवनमा ज्ञात, अज्ञातमा हुने कुर्कम बाट मुक्ती प्राप्त हुने, पितृ उद्दार एवं पितृ दोष बाट मुक्त हुने उनले बताईन ।

विहिबारको दिव्य महाआरती नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलका स्वकिय सचिव यम पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा उनले मन्दिरको स्तरबृद्धिका लागि अर्थमन्त्रालयबाट भएको पहल कदमी बारे जानाकारी गराएका थिए । साथै उनले मन्दिरमा जेष्ठ नागरिक मिलन केन्द्र, बहुउपयोगी सभाहलको आवश्यकता महशुस गरेरै स्तरबृद्धि गर्ने गरी केही रकम विनियोजन भएको बताए ।

महाआरतीमा स्थानिय बुद्धिजिवि, युवा नेताहरु सहित ३ सय भन्दा बढिको सहभागिता रहेको थियो । भजनकिर्तन सहित गरिएको महाआरती देवस्थल मन्दिरमा प्रत्येक पूर्णिमामा हुँदै आएको छ ।

आरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी घागो लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिएको थियो । सङ्गीतमय रूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने आरतीमा प्रत्येक पूर्णिमामा भक्तजनहरूको सहभागिता बढ्दै गएको अध्यक्ष शर्माले बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित