तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

देवस्थल मन्दिरमा दिव्य महाआरती महोत्सव भव्य रूपमा सम्पन्न

बुटवल । बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा प्रत्येक पूर्णिमाका दिन सन्ध्याकालमा आयोजना हुँदै आएको दिव्य महाआरती अन्तर्गत पूर्णिमाका दिन विशेष महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर परिषरमा मानव कल्याण, जीवकल्याण र विश्वशान्तिको कामना सहित दिव्य महाआरती भएको हो ।

देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले समाजमा नैतिकता सदाचार र मर्यादाका लागि धार्मिक समारोहको महत्वपूर्ण भूमिका हुने सन्ध्या आरतीले मानव भित्र रहेका विकार तत्वहरु कोध, मोह, लोभ, काम बाट छुट्कारा दिलाउनुका साथै मानव जीवनका दुःख कष्ट बिध्नबाधा बाट मुक्त गरी मानव जीवनमा ज्ञात, अज्ञातमा हुने कुर्कम बाट मुक्ती प्राप्त हुने, पितृ उद्दार एवं पितृ दोष बाट मुक्त हुने उनले बताईन ।

विहिबारको दिव्य महाआरती नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलका स्वकिय सचिव यम पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा उनले मन्दिरको स्तरबृद्धिका लागि अर्थमन्त्रालयबाट भएको पहल कदमी बारे जानाकारी गराएका थिए । साथै उनले मन्दिरमा जेष्ठ नागरिक मिलन केन्द्र, बहुउपयोगी सभाहलको आवश्यकता महशुस गरेरै स्तरबृद्धि गर्ने गरी केही रकम विनियोजन भएको बताए ।

महाआरतीमा स्थानिय बुद्धिजिवि, युवा नेताहरु सहित ३ सय भन्दा बढिको सहभागिता रहेको थियो । भजनकिर्तन सहित गरिएको महाआरती देवस्थल मन्दिरमा प्रत्येक पूर्णिमामा हुँदै आएको छ ।

आरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी घागो लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिएको थियो । सङ्गीतमय रूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने आरतीमा प्रत्येक पूर्णिमामा भक्तजनहरूको सहभागिता बढ्दै गएको अध्यक्ष शर्माले बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित