कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

माछा पाल्न खनिएको पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा माछा पाल्न भनेर बनाइएको पोखरीमा डुवेर एक बालको मृत्यु भएको छ ।

तिलोत्तमा–७ भलबारीका १५ बर्षिय प्रज्ञान गौतम घर नजिकै स्थानिय व्यवसायी नारायण बञ्जाडेले माछा पाल्न भनेर खनेको पोखरीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा पोखरीमा डुवेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र रानाले जानकारी दिए ।

तिन चार जना साथीसग पौडी खेल्न भन्दै गएका प्रज्ञान साझ ६ बजेतिर पोखरीमा डुबेका थिए । बालक पोखरीमा डुबेको भन्दै साझ ७ बजेतिर खबर आएपछि उद्धारको लागि गएको प्रहरीले राती १० बजे मात्रै पोखरीमा डुबेका बालकलाई बाहिर निकालेको रानाले बताए ।

पोखरीको चारैतर्फ पर्खाल उठाएको भएपनि गेट राख्न बांकी रहेको र गेट खुल्ला भएपछि उनी पौडी खेल्न पोखरीमा पसेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित