दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

रुपन्देही-३ मा रास्वपाको चुनावी कमाण्डर विपिन आचार्य, उम्मेदवारका लागि आह्वान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिन कुमार आचार्यलाई दिएको छ।

बुधबार बसेको रास्वापा सचिवालय बैठकले उनलाई चुनावी कमाण्डर बनाउने निर्णय गरेको हो। त्यस्तै बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाउने निर्णय समेत गरेको छ।

रास्वपाले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ र प्राप्त आवेदनहरूको मूल्यांकन गरी उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित