मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बर्दघाटमा ४५ घर डुबानमा

मंगलबार रातिदेखि परेको वर्षाको कारण पश्चिम नवलपरासीको बर्दघाटमा ४५ घर डुबानमा परेको छ ।

बर्दघाट नगरपालिका–१० लन्डनबृज राजमार्गदेखि उत्तरतर्फको बस्ती डुबानमा परेको स्थानीय देविदत्त पौडेलले बताए ।

पानीको निकास नहुँदा वर्षाको पानी जम्मा हुँदा डुबान परेको हो । बस्ती जलमग्न भएपनि क्षति भएको छैन । डुबान भएको क्षेत्रका स्थानीयले सामान तथा पशु चौपाया सुरक्षित स्थानमा राखेका छ्न् ।

उत्तरतर्फबाट आएको पानीको निकास नहुँदा यो क्षेत्रमा वर्षा हुनासाथ जलमग्न हुने गरेको छ । पछिल्लो १२ घन्टामा पश्चिम नवलपरासीको बर्दघाटमा १४३.४ मिलिमिटर र परासीमा १००.२ मिलिमिटर वर्षा भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित