दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

भैरहवामा पुन: उडानको लागि थाइ एयर एशियाको टिकट बुकिङ खुल्ला

थाई एयर एशियाले भैरहवामा पुन: उडान गर्नको लागि टिकट बुकिङ खुल्ला गरेको छ। कात्तिक ९ गतेबाट उडान सुरु गर्ने गरि उसले नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिएको छ।

आइतबार र बुधबार सातामा दुई पटक बैंकक-भैरहवा-बैंकक उडान गर्ने गरि थाइ एयर एशियालाई अनुमती प्रदान गरिएको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। तालिका अनुसार दिउसो सवा १२ बजे एयर एशियाको जहाज भैरहवा आउने छ। सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने छ।

भैरहवाबाट उडान सुरु गर्न टिकट बुकिङ खुल्ला गरेको थाइ एयर एशियाका सेल्स मेनेजर सागर चित्रकारले बताए। गत वर्ष विन्टर सेड्युलमा थाइ एयर एशियाले भैरहवामा उडान गरेको थियो। तर चैत्रबाट उडान रोकिएको थियो। कात्तिकबाट फेरी उडान सुरु गर्न लागेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित