लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नेवार कन्याहरुको ईहि शुरु

बुटवल । बुटवलमा नेवार कन्याहरुको सामुहिक ईहि विवाह (बेलविवाह) शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषदको आयोजनामा शुक्रबारदेखि दुई दिने सामुहिक ईहि यज्ञ तथा ब्रतबन्ध कार्यक्रम शुरु भएको हो । नेवारी कला, धर्म, संस्कृति संरक्षण गर्ने उदेश्यका साथ २३ औ संस्करणको कार्यक्रम गर्न सफल भएको परिषदका अध्यक्ष काजीमान श्रेष्ठले बताए । काठमाडौका नेवार पंडित हरिशरण राजोपाध्यायले कन्या तथा उनिहरुको अभिभावकहरुलाई विधिपुर्वक ईहि संस्कारका सबै विधिहरु गर्दै आएका छन । नेवार समुदायको कन्या रजश्वाला हुनुभन्दा पहिले गरिने अनिवार्य संस्कारमध्ये ईहि एक भएको उनले बताए । सामुहिक ईहि गरिदा मितब्यायी हुने भएकाले पनि पछिल्लोसमय यसमा आकर्षण रहेको उनले बताए । पुचमार्फत विभिन्न अक्षयकोषहरु छन । जसबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले बताए । नेवार पितृहरुको सम्झनामा पितृ अक्षयकोष स्थापना गरेर यसमा ४ लाख रुपैयाभन्दा बढि रकम जम्मा भएको उनले बताए ।
पुचका सचिव तथा संयोजक लक्ष्मी श्रेष्ठले वार्षिक रुपमा ईहिलाई निरन्तरता दिदै आएको बताईन। यो वर्ष ३३ जना नेवार कन्याहरु सहभागी रहेका छन । सात जनाको ब्रतबन्ध समेत हुने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित