मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

खेलकुद पत्रकार मञ्च रुपन्देहीमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधवार बुटवलमा सम्पन्न भेलाले मञ्चको नयाँ कार्यसमिति चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्वखेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले हाम्रो खेलकुदका लुम्बिनी प्रदेश संयोजक सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक दिनेश पाण्डेले घोषणा गरे ।

समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवि राना, सहसचिवमा सञ्जु पौडेल रहेकी छन् । त्यसैगरी सदस्यमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी चयन भएका छन् ।

सोही अवसरमा मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन तथा महिला भलिबलका प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरेको थियो भने खेल पत्रकार मनोरञ्जन शर्मालाई २५ हजार नगद सहयोग प्रदान गरेको थियो ।

कार्यक्रमको नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोल किपर मोतिकला गुरुङले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले मोफसलको खेलकुद गतिविधिलाई खेल पत्रकारिताका माध्यमबाट अगाडि बढाउन आग्रह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित