तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल पब्लिक स्कुल द्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान (तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा–३ स्थित बुटवल पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) नजितामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच विद्यालयका संस्थापक प्राचार्य हेमलाल शर्मा, तिलोत्तमा नगरपालिका वडा न. ३, शिक्षा समन्वय ईकाइकी चुडाकुमारी विष्टले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

एस.इ.इ. मा सहभागि विद्यार्थी मध्ये श्रीसा न्यौपानले ४ जिपिए ल्याएकी छन् भने इन्कृशा भट्टराईले ३.९५ जिपिए प्राप्त गरेकी छन् । यस्तै ३.६ देखि ४ सम्म ल्याउने १७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने १९ जना, २.८ देखि ३.२ सम्म ल्याउने २६ र २.४ देखि २.८ सम्म ल्याउने ५ जना रहेको विद्यालयका सह-प्राचर्या राम चन्द्र पौडेलले बताएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी तिलोत्तमा नगरपालिका वडा न.३,वडा शिक्षा समन्वय ईकाइकी चुडाकुमारी विष्टले एसईई उत्तीर्ण विद्यार्थीहरुले अब जीवन उपयोगी शिक्षा आर्जन गर्नुपर्ने बताईन ।

एसईई परीक्षा जीवनको पहिलो परीक्षा भएको र अब यस्तो परीक्षा धेरै पटक दिनुपर्ने भन्दै आफुलाई आत्मविश्वासिलो बनाउँदै सिप आर्जन गर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताईन ।

विद्यालयका संस्थापक प्राचार्य हेमलाल शर्माले शिक्षक, विद्यार्थी र अभिभावकहरुको भूमिका महत्वपूर्णकै कारण विद्यालयले ऐतिहासिक नजिता ल्याउन सफल भएको बताए ।
उनले विद्यार्थीहरुलाई कसैको पनि दवावमा विषय छनोट नगरी आफ्नो ईच्छा अनुसार विषय छनोट गरेर अध्यायन गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै ४ जिपिए ल्याएकी श्रृसा न्यौपानेले विद्यालयको सिकाई शैली, प्रयोगात्मक शिक्षामा जोड दिएकै कारण नतिजा उत्कृष्ट आएको बताईन ।

कार्यक्रममा सिमानगर टोल विकास संस्थाका अध्यक्ष दुर्गा सिन्जालि, अभिभावक नारायण श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम विद्यालयका सह प्राचार्य राम चन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

४ जिपिए ल्याएकी बुटवल पव्लिक स्कुलकी श्रीसा न्यौपाने

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित