दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

२६ तस्वीरमा हेर्नुहोस–नेपाल किसान महासंघ, लुम्बिनी प्रदेशको रोपाईँ

नेपाल किसान महासंघ लुम्बिनी प्रदेश , नेपाल किसान महासंघ जिल्ला कार्य समिति रुपन्देही , नेपाल किसान महासंघ बुटवल नगर समितिको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ ।

किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा जोड दिए ।

नेता पुनले मलखाद उपलब्ध नहुँदा किसान सबै समस्या रहेको बताउँदै सरकारले प्रयाप्त मात्रामा समयमा उपलब्ध गराउन आग्रह समेत गरे ।

सरकारी अनुदानमा पारदर्शिता नभएको भन्दै उनले वास्तविक किसानको पहुचमा पु¥याउनुपर्ने उनको भनाइ थियो । किसान महसंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसीले नेपालमा कृषि पेशामा संलग्न रहेका किसानहरुले संगठित गर्दै अघि बढेको बताइन् ।

उनले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउदै परम्परागत रैनाथे बालीको पनि संरक्षण गर्ने योजना सरकारले ल्याउन आवश्यक रहेकोमा उनको जोड थियो ।

धान उत्पादन वृद्धिको लागि बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवद्र्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले जोड दिइन । सो अवसरमा रोपारेहरुले असारे गीत गाउँदै पञ्चेबाजामा नाचेर रोपाइ उत्सव समेत मनाएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित