तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मोटरसाईकललाई ठक्कर दिएर भाग्न लागेका गुल्मी रेसुंगाका मेयर पन्थीलाई स्थानियले हप्काए

रेसुंगाका मेयर तथा कांग्रेस नेता चढेको गाडीले ठक्कर दिएर घाइते बनाएर ती घाइतेको उद्दार नगरी भाग्न खोजेपछि स्थानीयले नेताहरूलाई घेरेर हप्काएका छन् ।

स्थानीय दुर्घटनापछि घाइतेको उपचार गर्नुको साटो भाग्न खोजेको भन्दै आक्रोशित भएका थिए । शुक्रबार राती बुटवलको तामनगरमा गुल्मीको रेसुंगा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मुसिकोट नगरपालिका–१ निवासी रञ्जीत खत्री घाइते भएका हुन् ।

उनको हाल बुटवलको बेलबासस्थित एडमनसिटी अस्पतालमा उपचार भइहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
शुक्रबार राती दाङमा कांग्रेस बैठकमा सहभागी भएर बुटवलतर्फ आउँदै गरेको रेसुंगा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

रेसुंगा नगरपालिकाका नगर प्रमुखसमेत रहेका कांग्रेस गुल्मी सभापति खिलध्वज पन्थी सवार गाडीले नागरिकलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

दुर्घटनापछि गाडी नरोकी अघि बढेपछि आक्रोशित स्थानीयबासीले गाडीमा सवार नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठमाथि हातपातको प्रयास गरेका थिए ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिएका छन् । यसबारे प्रतिक्रिया लिन नेताहरूलाई सम्पर्क गरेपनि फोन उठाएनन् ।
घाइते खत्रीको होस अझै खुल्न नसकेको पारिवारिक स्राेतले जानकारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित