लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रेसुङ्गाका मेयर पन्थीले दुर्घटना गराएर मानवता भने देखाएनन

गुल्मीको रेसुंगा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मुसिकोट नगरपालिका–१ निवासी रञ्जीत खत्री रहेका छन् ।

उनी हाल बुटवलको बेलबासस्थित एडम सिटी अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पश्चिमबाट बुटवलतर्फ आउंदै गरेको रेसुंगा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीसमेत सवार गाडीले नागरिकलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

दुर्घटनापछि गाडी नरोकी अघि बढेपछि आक्रोशित स्थानीयबासीले गाडीमा सवार नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठमाथि हातपातको प्रयास गरेका थिए ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित