भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तिलोत्तमाको नीति तथा कार्यक्रम : युवा विशेष प्राथमिकतामा

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ । ‘युवाका लागि नगर, नगरका लागि युवा’, कार्यक्रमका साथै युवालाई उद्यमशीलतामा जोड्न युवाले सञ्चालन गर्ने व्यवसाय दर्तामा निश्चित प्रतिशत छुट दिने, ‘दक्ष जनशक्तिः तिलोत्तमाको सम्पत्ति’ अन्तर्गत तिलोत्तमा नगरपालिका युवाहरूलाई राज्यले प्रदान गर्ने विभिन्न अवसरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन युवाहरूलाई विशेष तालिम संचालन गर्ने, नगरले खुलाउने रोजगारीका अवसरहरूमा युवाहरूलाई विशेष प्रथामिकता दिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा कृषितर्फ ‘वैज्ञानिक कृषि प्रणालीको सम्मान, दिगो कृषि तिलोत्तमाको अभियान’ अन्तर्गत परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक एवं वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न कृषकलाई प्रोत्साहित गर्ने, युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उत्पादन र कृषि उद्यम गर्ने उत्कृष्ट कृषक एवं उद्यमीलाई पुरस्कृत गर्ने विषयलाई समेटिएको छ । तिलोत्तमा गौशाला र बाउन्नकोटी गौशालाको सुदृढीकरण गरी छाडा चौपाया व्यवस्थापन गर्ने कार्यक्रम समेटिएको नगर प्रमुख खाँणले बताए ।

त्यस्तै, शिक्षातर्फ आर्थिक वर्ष २०८२/०८३ लाई शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरी विद्यालयमा शैक्षिक सुधारको योजना लागू गर्ने, तिलोत्तमा नगरपालिकाको शैक्षिक सुधारका निम्ति सामुदायिक शैक्षिक संस्थाको भौतिक तथा शैक्षिक पूर्वाधारको अडिट गर्ने, सामुदायिक विद्यालयमा विद्यार्थीको क्षमता गुणस्तरवृद्धि गर्दै एक विद्यालय एक सिर्जनशील कार्यक्रम विद्यार्थी गुणीय चक्र, सिर्जनशील शुक्रबार, च्यालेन्ज फन्ड लगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

अन्वेषण तथा नवप्रवर्तन कार्यक्रमलाई निरन्तरता दिँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने, सामुदायिक विद्यालयमा विद्यार्थीको भर्नादर वृद्धि गर्न विगत वर्षदेखि सामुदायिक विद्यालयलाई प्रदान गरेका अनुदानका यातायातका साधन उपलब्ध गराउने नीतिलाई निरन्तरता दिई यातायात व्यवथापन खर्च उपलब्ध गराइने कार्यक्रममा उल्लेख छ ।

स्वास्थयतर्फ महिला स्वास्थ्य स्वयंसेविकाको अनिवार्य अवकाश हुँदा सम्मानस्वरूप ५० हजार उपलब्ध गराउने, अटिजम भएका बालबालिका, सुस्त श्रवण तथा न्यून दृष्टि भएका बालबालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया, थालेसिमिया रोगका बिरामीको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिने, ‘आमा नै घरको प्रथम चिकित्सक’ कार्यक्रमअन्तर्गत नगरवासीमा बढ्दो नसर्ने रोगको प्रकोप न्यूनीकरण गर्न आयुर्वेद जीवनशैली भान्सा सुधार, योग ध्यान साधना कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।

यस्तै तिलोत्तमा नगरपालिकालाई खेलकुदको हबका रूपमा विकास गर्दै खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण गर्ने, अग्रज खेलाडीलाई र उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गर्ने, बालमैत्री स्थानीय शासनलाई थप दिगो बनाउँदै बालबालिकाको क्षेत्रमा लगानी अभिवृद्धि गर्ने, हरेक भौतिक निर्माणलाई बालमैत्री, अपाङ्गता मैत्री, लैंङ्गिक मैत्री र ज्येष्ठ नागरिकमैत्री बनाउँदै लगिने बताइएको छ ।

‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ को नारालाई सार्थकता बनाउन नगर सफाइ अभियानलाई निरन्तरता दिने, फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त ठाउँ पहिचान गर्दै फोहोरमैला प्रशोधन व्यवस्थापन केन्द्रको स्थापना गर्ने, उज्यालो तिलोत्तमा अभियानलाई निरन्तरता दिँदै नगरका १७ वटा स्थानमा उच्च स्तरका स्ट्रिट लाइट जडान गर्ने तथा पत्थरडांडा र ड्राइभरटोलमा हाइमास्ट लाइट जडान गर्ने र बढी दुर्घटना हुने सडकका घुम्ती तथा चोकहरूमा रिफ्लेक्टीक ऐना (मिरर) जडान गर्ने नगर प्रमुख खाँणले बताए ।

यस्तै, पूर्वाधार विकास क्षेत्रतर्फ गुणस्तरीय सडक निर्माण तथा मर्मतका लागि पूर्वाधार एम्बुलेन्ससहितको प्राविधिक टिम बनाई परिचालन गरी आ.व. २०८२/०८३ लाई सडक मर्मत वर्ष घोषणा गरिने भएको छ । टुक्रे योजना एकीकृत गरी सोहीबमोजिमका योजना सिफारिस गर्ने नीति अवलम्बन गर्ने, खरको/फुसको छानामुक्त नगरपालिका घोषणा गर्ने, नहर, खोला, घोला, कुलोमा भैरहेको फोहोर नियन्त्रण गर्न पुराना घरमा सोस्ता बनाउने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्ने नगर प्रमुख खाँणले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित