तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बाढी महाशाखाले भन्यो: नवलपरासी, चितवन र पाल्पाका यी स्थानमा दिउँसोसम्मै सतर्कता अपनाऔँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला/नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन सुझाव दिएको छ।

बाढी महाशाखाले आज बिहीबार बिहान ६:३० बजे चेतावनी जारी गरी भनेको छ, ‘पछिल्लो १–३ घण्टामा नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी वर्षा मापनकेन्द्रहरू र आसपास हल्कादेखि मध्यम वर्षा मापन भएको, सो क्षेत्र भई वहने विनय खोलालगायत अन्य ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने, तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाइराखौँ।’

मौसमविद्का अनुसार हाल कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी सबै स्थानमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यही कारण मौसम बदली र वर्षा हुने क्रम जारी रहेको हो।

अझै पश्चिमी वायु नै बलियो रहेकाले मनसुन अर्थात् पूर्वी वायु पूर्वबाट पश्चिमतर्फ अगाडि बढ्न नसकेको मौसमविद्को भनाइ छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित