भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

गृहमन्त्रीले रोकिदिए रविको कारागार सरुवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट डिल्लीबजार सरुवा गर्ने योजना तत्काललाई रोकिएको छ। लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइसकेको भए पनि गृहमन्त्रीको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकेको हो।

रूपन्देही अदालतले खोजेका बखत उपस्थित गराउने सर्तमा डिल्लीबजार सरुवा गर्न अघिल्लो साता नै अनुमति दिएको थियो।

अदालतको अनुमतिपछि लामिछानेको तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अनुमति मागियो। प्रशासनले पनि परिवारको निवेदन र अदालतको अनुमतिसहित कारागार कार्यालय रूपन्देहीमा पत्र पठायो। लगत्तै कारागार कार्यालय रूपन्देहीले उनको सरुवाका लागि कारागार व्यवस्थापन विभागमा पत्र पठायो।

तर कारागार व्यवस्थापन विभागले भने उनलाई सरुवा गर्न तत्काल निर्णय नगर्ने भएको छ। स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले रविलाई सरुवा गर्ने निर्णय तत्काललाई थाती राख्न निर्देशन दिएका हुन्।

विभागको ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले भने असन्तुष्टि जनाएको छ। रास्वपा सहमहामन्त्री प्रतिभा रावलले अदालतको आदेश, प्रशासनको सिफारिससहित भैरहवाबाट कारागार व्यवस्थापन विभागमा आइसकेको भए पनि विभागले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाइन्।

‘एक हप्ता भइसक्दा पनि कारागार विभागले निर्णय गरेको छैन। हामी अचम्ममा परेका छौँ। कागजात पुगेन, प्रक्रिया मिलेन भने पनि यो पुगेन यो ल्याउनुस् भनिदिनु पर्‍यो, सबै कुरा भएर पनि यसरी होल्ड गर्नु भनेको त नियतमै शंका गर्नु पर्ने भयो,’ रावलले भनिन्।

भैरहवा कारागारले भने रविको तर्फबाट माग गरेलगत्तै सबै कागजात विभागमा पठाइसकेको छ।

‘भैरहवा कारागारमा सोध्दा त्यहाँबाट हामीले सबै पठाइसक्यौँ माथि भन्छ। उताबाट केही पनि भएको छैन, भन्ने जवाफ पाइरहेका छौँ। अन्याय पनि कति हदसम्मको गर्ने हो, हामी अचम्ममा परिरहेका छौँ,’ सहमहामन्त्री रावलले भनिन्।

कैदी बन्दीलाई एउटा कारागारबाट अर्को कारागारमा चारवटा कारणले सरुवा गरिन्छ। बिरामी भएमा, अदालतको प्रक्रियाका लागि, कारागारमा कैदीबन्दीबीच लफडा भएमा र कैदीबन्दीले घरपायकको कारागार माग गरेमा।

रवि भने घरपायकको कारागारमा सरुवा हुन चाहेका हुन्।

बिरामी भएर सरुवा हुने कैदीबन्दीका लागि डाक्टरले रिफर गरेर पठाउँछन्। यस्ता कैदीबन्दी बसेको कारागारमा उपचारको राम्रो व्यवस्था नभएको अवस्थामा उपचारको व्यवस्था भएको कारागारमा सरुवा गरिन्छ। बिरामी कैदीलाई प्रायः केन्द्रीय कारागार सुन्धारामा सरुवा गरिन्छ। यहाँको कारगारमा अस्पताल र विद्यालयको व्यवस्था छ।

बिरामी कैदीबन्दीलाई तत्कालै सरुवा गरिने कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए।

अर्को, अदालतले नै एक ठाउँबाट अर्को ठाउँमा लैजान आदेश दिन्छ। एकभन्दा बढी ठाउँमा मुद्दा चलेको हकमा यस्तो आदेश हुन्छ। यस्तालाई पनि नरोकिने र तत्काल निर्णय गरेर सरुवा गरिने भट्टराई बताउँछन्।

यस्तोमा पनि विभागले पत्र कुर्दैन। पत्र आउँदै गर्दा नै कैदीबन्दी सरुवा भइसक्छन्।

कारागारभित्र कैदीबन्दीबीचमा ग्याङफाइट भयो भने पनि कारागार सरुवाको निर्णय हुनसक्छ।

एउटा कैदीका कारण अरु र स्वयं कैदीबन्दी पनि असुरक्षित हुने अवस्था आयो भने सरुवा गर्न पर्ने हुन्छ। यसका लागि प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिन्छ।

सरुवाको चौथो कारण कैदीले माग गरेपछि हुन्छ। कैदीबन्दीले घरपायक सरुवा चाहेको खण्डमा पनि सरुवाको निर्णय हुनसक्छ। तर यस्तो सरुवा कारागार व्यवस्थापन विभागको प्राथमिकतामा पर्दैन।

‘अरु तीनथरी सरुवाचाहिँ आवश्यकता अनुसार गरी नै रहेका हुन्छौँ। तर घरपायक सरुवा निकै कम हुन्छ,’ भट्टराईले  भने, ‘प्राथमिकताका हिसाबले पनि अरु पर्छन्, घरपायक त्यति प्राथमिकतामा पर्दैनन्।’

रास्वपा सहप्रवक्ता समेत रहेकी रावल भने रवि लामिछाने बिरामी समेत रहेको बताउँछिन्।

‘रवि सरले कहिल्यै पनि औषधी खानु भएको थिएन। तर अड्डा सार्ने क्रममा चितवनबाट कास्की लैजाँदा ब्लड प्रेसरको औषधि खानु पर्‍यो। त्यसपछि नियमित औषधि खानु परेको छ,’ उनले भनिन्, ‘स्वास्थ्यको कुरा पनि भयो, परिवार र पार्टीका नेता÷कार्यकर्ता भेटघाटका लागि पनि उहाँ काठमाडौँ आउनु सहज हुन्छ भनेर नियम अनुसार नै निवेदन दिएको हो।’

भट्टराईले भने अहिलेसम्म केही पनि निर्णय नभएको र यस्ता निवेदन थुप्रै रहेकाले आफूले हेर्न नभ्याएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित