
टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो बाण्डका विभिन्न उत्पादन लुम्बिनी प्रदेशमा बिक्री शुरू गरिएको छ । भारतीय साटो ब्राण्डका उत्पादन आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्ड लुम्बिनीका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनल प्रालि, बुटवलले बिक्री वितरण शुरू गरेको हो ।
साटो ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता ट्राइनोक्स कम्पनी काठमाडौंका सेल्स एण्ड मार्केटिङ प्रमुख विवेक शर्माले लुम्बिनी प्रदेशका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनलका सञ्चालक गणेशचन्द्र पोखरेललाई हस्तान्तरण गरे ।
साटो ब्राण्डले भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको छ । टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटोका उत्पादन टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएको छ ।
जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम रहेको सेल्स एण्ड मार्केटिङ प्रमुख शर्माले बताए । जसमा क्रसलिङ्किङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।
आइएसओ प्रमाणपत्रसमेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू समेत प्राप्त गरेको कम्पनीका सञ्चालक माधोगरियाले बताए । ट्राईनोक्स कम्पनीले अघिल्लो वर्ष काठमाडौंमा व्यवसायी कारोबार शुरू गरेको थियो । देशका विभिन्न शहरपछि बुटवलमा व्यवसायिक विस्तार गरिएको ब्राण्ड पुर्याइसकिएको ट्राइनोक्सका सेल्स एण्ड मार्केटिङ प्रमुख शर्माले जानकारी गराए ।