तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

साटो ब्राण्डका उत्पादन लुम्बिनीमा बिक्री शुरू

टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो बाण्डका विभिन्न उत्पादन लुम्बिनी प्रदेशमा बिक्री शुरू गरिएको छ । भारतीय साटो ब्राण्डका उत्पादन आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्ड लुम्बिनीका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनल प्रालि, बुटवलले बिक्री वितरण शुरू गरेको हो ।

साटो ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता ट्राइनोक्स कम्पनी काठमाडौंका सेल्स एण्ड मार्केटिङ प्रमुख विवेक शर्माले लुम्बिनी प्रदेशका लागि आधिकारिक विक्रेता शिखर ट्रेड इन्टरनेशनलका सञ्चालक गणेशचन्द्र पोखरेललाई हस्तान्तरण गरे ।

साटो ब्राण्डले भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको छ । टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटोका उत्पादन टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएको छ ।
जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम रहेको सेल्स एण्ड मार्केटिङ प्रमुख शर्माले बताए । जसमा क्रसलिङ्किङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।

आइएसओ प्रमाणपत्रसमेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू समेत प्राप्त गरेको कम्पनीका सञ्चालक माधोगरियाले बताए । ट्राईनोक्स कम्पनीले अघिल्लो वर्ष काठमाडौंमा व्यवसायी कारोबार शुरू गरेको थियो । देशका विभिन्न शहरपछि बुटवलमा व्यवसायिक विस्तार गरिएको ब्राण्ड पुर्‍याइसकिएको ट्राइनोक्सका सेल्स एण्ड मार्केटिङ प्रमुख शर्माले जानकारी गराए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित